back
CTIZAN AD

वडालाई बजेट वितरण गर्न सूचकको प्रयोग गदै महानगर

वि.सं.२०८१ असार ५ बुधवार

816 

shares

चितवन । भरतपुर महानगरपालिकाले सूचकका आधारमा वडा कार्यालयहरुलाई बजेट वितरण गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा सो व्यवस्था कार्यान्वयन गर्न लागिएको हो । महानगरले पहिलो पटक राम्रो काम गर्ने वडालाई केही बढी बजेट बिनियोजन गर्ने नीति लिएको हो ।

महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्यालले सुत्रका आधारमा गरिएको मूल्याङ्कनका आधारमा बजेट विनियोजन गर्न लागिएको हो । महानगरले आगामी आर्थिक वर्षका लागि वडाको ‘सिलिङ’ रु ८२ करोड विनियोजन गरेको छ । यसमध्ये रु ७५ करोड २९ वटा वडालाई बराबर वितरण गरिने छ । यसबाट प्रत्येक वडाले रु दुई करोड ५८ लाख ६२ हजार न्यूनतम पाउनेछन् । बाँकी सात करोड सूचकका आधारमा वितरण गरिँदै छ ।

उहाँका अनुसार राजस्व तुलनात्मकरुपमा बढी उठाउने, पुँजीगत खर्च बढी गर्ने, जनसङ्ख्या, भौगोलिकता, असल अभ्यास, असल काम, शिक्षा, वातावरण, हरियाली लगायतका शीर्षकमा एक सय नम्बर राखेर मूल्याङ्कन गरी वडा छनोट गरिएको हो । सुचकमा पहिलो वडा नं २ भएको छ । यस वडाले रु दुई करोड ९० लाख दुई हजार बजेट पाउने भएको छ । दोस्रोमा वडा नं ३ पर्न सफल भएको छ । यस वडाले रु दुई करोड ८९ लाख ५१ हजार बजेट पाउने भएको हो । त्यसैगरी तेस्रोमा वडा नं २० परेको छ । यस वडाले रु दुई करोड ८९ लाख ४५ हजार प्राप्त गर्ने भएको छ ।

यस्तै सबै भन्दा कम बजेट पाउने वडा नं २४ रहेको छ । यस वडाले रु दुई करोड ७४ लाख २८ हजार पाउने भएको छ । चालु आर्थिक वर्षमा सबै वडाले रु दुई करोड ६५ लाखका दरले रकम पाएका थिए । पहिलो नम्बरमा परेको वडा नं २ का अध्यक्ष मनोज रानाभाटले महानगरपालिकाले तोकेका सूचकमा राम्रो अङ्क पाएर आफ्नो वडा उत्कृष्ट भएको जानकारी दिए ।

उनका अनुसार गत आर्थिक वर्षकोभन्दा दोब्बर कर सङ्कलन भएको छ । गत वर्ष रु एक करोड पाँच लाख राजस्व सङ्कलन भएकोमा अहिले रु दुई करोड नाघेको छ । विद्यालयको एक सय मिटरभित्र सुर्तीजन्य पदार्थ पूर्ण निषेध गरिएको छ । सबै घरधुरीको तथ्याङ् ‘अनलाइन’मा अद्यावधिक गरिएको छ । वडाभित्र पूर्ण रुपमा ‘स्मार्ट लाईट’ जडान गरिएको छ । नमस्ते चोकदेखि मेयर चोकसम्म रात्रिकालीन बजारको तयारी गरिएको छ ।

गमला राखेर वडालाई हरियाली बनाइएको छ । लागुऔषध नियन्त्रणका लागि टोलटोलमा समिति बनाएर रात्रिकालीन गस्ती गरिएको छ । वातावरण मैत्री तथा पूर्ण सरसफाइको वडा घोषणा गर्ने तयारी गरिएको छ । रानाभाटले मूल्याङ्कन गरेर पहिलो हुन पाएकोमा थप ऊर्जा पैदा भएको बताए । वडा नं ३ का अध्यक्ष विकास थापाले आफूले गरेको कामको मूल्याङ्कन भएको बताए । उनले भने, “वडाले महानगरले दिएको सूचकभित्र रहेर काम गरिरहेको छ ।”

महानगर प्रमुख रेनु दाहालले सकारात्मक प्रतिस्पर्धा हुने गरी पहिलो पटक आफूहरुले सूचकको आधारमा वडालाई बजेट विनियोजन गर्न लागेको जानकारी दिए । उनले भने “वडाहरुबीचमा सकारात्मक प्रतिस्पर्धा भएर विकास र आम नागरिकको हितमा बढीभन्दा बढी काम गर्न यसले ऊर्जा पैदा गर्दछ ।”महानगरले चालु आर्थिक वर्षमा रु ६ अर्ब ३१ करोडको बजेट ल्याएको थियो । आगामी आर्थिक वर्षका लागि रु ६ अर्ब ६० करोड बढीको बजेट ल्याउने तयारी गरेको छ ।

वि.सं.२०८१ असार ५ बुधवार १२:२० मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...