back

काम नलगाई २० वर्षसम्म तलब दिएको फ्रान्सेली महिलाको आरोप 

वि.सं.२०८१ असार ५ बुधवार

576 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

पेरिस । एक फ्रान्सेली महिलाले टेलिकम कम्पनी ओरेन्जलाई ‘काममा नैतिक उत्पीडन र भेदभाव’ गरेको भन्दै अदालतमा लैजाँदैछिन् । कम्पनीले उनलाई कुनै काम नदिई २० वर्षसम्म तलब दिएको उनको आरोप छ ।

सन् १९९३ मा ओरेन्जले कम्पनीको जिम्मा लिनु अघि लरेन्स भान वासेनहोभलाई फ्रान्स टेलिकमले निजामती कर्मचारीको रूपमा भर्ती गरेको थियो । उनको कम्पनीलाई थाहा थियो कि उनी हेमिप्लेजिक (जन्मदेखि अनुहार र हात-खुट्टाको आंशिक पक्षाघात र मिरगी) बाट थिइन् ।

उनलाई उनको स्वास्थ्य अवस्था अनुसार अनुकूल स्थिति प्रस्ताव गरिएको थियो । उनले २००२ सम्म मानव संसाधन विभागमा सक्रेटरीको रूपमा काम गरिन् ।

जब उनले फ्रान्सको अर्को क्षेत्रमा स्थानान्तरण गर्न आग्रह गरिन्, उनको अनुरोध स्वीकृत भएको थियो । तर उनको नयाँ कार्यस्थल उनको आवश्यकता अनुसार अनुकूल थिएन । एक व्यावसायिक चिकित्सा रिपोर्टले त्यो पोजिसन उनको लागि उपयुक्त नभएको पुष्टि ग¥यो । यसका बाबजुद ओरेन्जले कथित रूपमा आफ्नो काममा कुनै समायोजन गर्न असफल भएको उनको आरोप छ । बरु, उनलाई केही काम गर्न नदिई अर्को २० वर्षको लागि पूरा तलब दियो ।

यता भान वासेनहोभलाई बेवास्ता गर्न ओरेन्जको उत्कृष्ट प्रयासको बाबजुद, उनले भेदभाव विरुद्धको लडाइँका लागि सरकार र उच्च प्राधिकरणलाई आफ्नो अवस्थाबारे रिपोर्ट गर्ने सक्दो प्रयास गरिन् । सन् २०१५ मा ओरेन्ज द्वारा नियुक्त एक मध्यस्थकर्तालाई स्थिति समाधान गर्न आदेश दिइएको थियो ।

तैपनि यसमा कुनै पनि सुधार भएन । किनभने कम्पनीले उनलाई कुनै पनि काम नदिईकन तलब दिन जारी राख्यो । उनका वकिलहरूले टेलिकम कम्पनीले उनलाई जागिर छोड्न दबाब दिन खोजेको दाबी गरेका छन् ।

लरेन्सका वकिलले भने, ‘उनीहरूले वासेनहोभलाई काम गराउनुभन्दा तलब दिन रुचाए ।’ वासेनहोभले कम्पनी र यसका चार जना प्रबन्धकहरूविरुद्ध ‘उनको स्वास्थ्य अवस्थासँग जोडेर सम्बन्धित काममा नैतिक उत्पीडन र भेदभाव’ गरेको भन्दै उजुरी दायर गरेको ती वकिलले जानकारी दिए ।

महिलाका वकिलले भने, ‘अपाङ्गता भएका व्यक्तिका लागि काम गर्नुको अर्थ समाजमा स्थान र मान्यता पाउनुका साथै सामाजिक बन्धनमा बस्नु हो । यस अवस्थामा लरेन्स भान वासेनहोभलाई २० वर्षसम्म उनले छोड्ने आशामा यो सबै कुराबाट वञ्चित गरियो ।’ फ्रान्सेली अखबार ‘ला डेपेचे’ले वास्नेहोभको केसको बारेमा ओरेन्जलाई सम्पर्क गरेको थियो ।

कम्पनीले महिलाले सम्भव भएसम्म राम्रो अवस्थामा काम गरेको सुनिश्चित गर्न यी सबै काम गरेको बताएको थियो। कम्पनीले महिलाको ‘व्यक्तिगत सामाजिक अवस्था’ लाई पनि ध्यानमा राखेको र उनलाई पूरा तलब निरन्तर भुक्तान गरेको दाबी गरेको छ ।

वि.सं.२०८१ असार ५ बुधवार १२:५२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
भोटेकोशीको ढलानमा पुरिएका दुई मजदुरको शव फेला

भोटेकोशीको ढलानमा पुरिएका दुई मजदुरको शव फेला

चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ मा निर्माणाधीन भोटेकोशी–१ जलविद्युत्...