back
CTIZAN AD

गण्डकी प्रदेशस्तरीय क्रिकेट : कास्की र स्याङ्जा फाइनलमा भिड्ने

वि.सं.२०८१ असार ५ बुधवार

1.2K 

shares

कास्की । कास्की र स्याङ्जा कास्कीको पोखरामा जारी गण्डकी प्रदेशस्तरीय टी-२० पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज समूह ‘बी’ को अन्तिम खेलमा नवलपुरलाई दुई विकेटले पराजित गर्दै स्याङ्जा फाइनलमा पुगेको हो । समूह चरणका तीनवटै खेल जितेको स्याङ्जाले ६ अङ्कसहित समूहको शीर्ष स्थानमा रहेर कास्कीसँगको फाइनल भेट पक्का गर्न सफल भयो ।

घरेलु टोली कास्की समूह ‘ए’ को विजेता बन्दै यसअघिनै फाइनल पुगिसकेको छ । प्रतियोगिताको फाइनल खेल बिहीबार हुने आयोजकले जनाएको छ । स्याङ्जासँगको खेलमा टस जितेर सुरुआतमा ब्याटिङ रोजेको नवलपुरले १७ ओभरमा सीमित गरिएको खेलमा १५ दशमलव चार ओभरमा सबै विकेट गुमाएर ७५ रनमा समेटियो ।

नवलपुरका लागि रिजन काफ्लेले ४५ बलमा ३० रन, कमल परियारले २२ बलमा १८ तथा सुदिप अर्यालले १२ रनको योगदान दिए । बलिङतर्फ स्याङजा ‘प्लेयर अफ दी म्याच’समेत रहेका सन्दिप खत्री क्षेत्रीले दुई तथा अङ्कित न्यौपानेले दुई विकेट लिए ।

खेलमा ७६ रनको लक्ष्य पछ्याएको स्याङजालाई जितका लागि अन्तिम ओभर कुर्नुप¥र्यो । स्याङजाले १६ ओभरको दोस्रो बलमा आठ विकेटको क्षतिमा ७९ रन बनायो । स्याङजाका लागि अनिष ताम्राकारले १५ बलमा दुई चौका र दुई छक्का प्रहार गर्दै २२ रनको योगदान दिए । त्यस्तै इश्वर क्षेत्रीले २९ बलमा २१ तथा प्रदिप पाण्डेले अविजित ११ रन बनाए ।

बलिङतर्फ नवलपुरका लागि कमल परियारले चार ओभरमा एक मेडन राख्दै १२ रन खर्चेर तीन विकेट लिए । दीपक डुम्रेले तीन ओभरमा एक मेडनसहित ६ रन दिएर दुई विकेट लिए । गण्डकी प्रदेश खेलकुुद परिषद्को आयोजना तथा प्रादेशिक क्रिकेट सङ्घको व्यवस्थापनमा गत जेठ ३२ गतेदेखि उक्त प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगिताको विजेताले रु एक लाख र उपविजेताले रु ५० हजार पाउनेछन् ।

प्रतियोगितामा आठ जिल्लाको सहभागिता रहेको छ । प्रतियोगिताबाट कर्णाली प्रदेशमा हुने दशौँं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक टोली छनोट गरिने प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।

वि.सं.२०८१ असार ५ बुधवार १६:५८ मा प्रकाशित

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

काठमाडौं । त्रियोग हाइ स्कुलको आयोजनामा छैटौँ त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता...