back
CTIZAN AD

गिरीबन्धु जग्गा प्रकरणमा छानबिन समिति बनाउन माग

वि.सं.२०८१ असार ६ बिहीवार

948 

shares

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गिरीबन्धु टी–ई स्टेटको जग्गामा छानबिन समिति बनाउन माग गरेका छन् ।बिहीबार काठमाडौँमा आयोजित लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला सङ्घको भावी कार्य योजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

शर्माले गिरीबन्धुको जग्गा हिनामिनाको निर्णय हुँदा २०५२ सालमा एमालेको सरकार रहेको, २०६० सालको सरकार सूर्यबहादुर थापाको रहेको र २०७८ सालमा केपी शर्मा ओलीको नेतृत्वमा सरकार रहेको बताए । उनले भने, ‘यति प्रस्ट हुँदा पनि ओलीले काँग्रेसले जग्गा बेचेर खाएको आरोप लगाउनुभयो । यदि त्यस्तो हो भने छानबिन समिति बनाएर पुष्टि गरे हुन्छ ।’

‘केपी कमरेडले फेरि पनि भन्नुभयो कि, गिरीबन्धु प्रकरणमा काँग्रेसले ९१ बिघा जग्गा बेचेर कमिसन खायो । त्यो केपी कमरेडमा रहेको अधिकतम आवेगको कुरा हो,’ उनले भने ।

वि.सं.२०८१ असार ६ बिहीवार १३:२५ मा प्रकाशित