back
CTIZAN AD

अफगानिस्तानमा शान्ति, सुरक्षा र स्थिरता स्थापना गर्न भारत प्रतिबद्ध

वि.सं.२०८१ असार ९ आइतवार

846 

shares

न्युयोर्क । भारतको उद्देश्य अफगानस्तानका जनताका लागि दीर्घकालीन शान्ति, सुरक्षा र स्थिरता स्थापना गर्नु रहेको संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्का उपस्थायी प्रतिनिधि राजदूत आर रवीन्द्रले बताएका छन् ।

परिषद्को बैठकमा राजदूत आर रवीन्द्रले भने, “विशेष गरी हालैका घटनाक्रमका बारेमा एसआरएसजी मुथुन बायवाले अफगानिस्तानको अवस्थाबारे दिएको जानकारीको हामी कदर गर्दछौँ । अफगानी मानव अधिकार सङ्गठन (होचा) र नागरिक समाजका प्रतिनिधिद्वारा प्रदान गरिएको अन्तर्दृष्टि पनि धेरै उपयोगी थियो । भारत अफगानिस्तानको नजिकको छिमेकी हो । अफगानिस्तानका जनतासँग भारतको ऐतिहासिक र सभ्यताको सम्बन्ध छ ।” “हाम्रो उद्देश्य अफगानिस्तानको दीर्घकालीन शान्ति, सुरक्षा र स्थिरता स्थापना गर्नु हो,” उनले भने ।

यसबाहेक, राजदूत आर रवीन्द्रले अन्तर्राष्ट्रिय समुदायले अफगानिस्तानलाई प्रमुख प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

“अफगानिस्तानप्रति अन्तर्राष्ट्रिय समुदायको दृष्टिकोणलाई मार्गनिर्देशन जारी राख्नुपर्छ । हाम्रो साझा प्राथमिकतामा आतङ्कवादको प्रतिरोध गर्ने, समावेशी शासन ल्याउने, महिला, बालबालिका र अल्पसङ्ख्यकको अधिकार र हितको रक्षा गर्ने, लागुऔषधको प्रतिरोध गर्ने र देशका जनताको हितका लागि मानवीय सहयोगलाई प्राथमिकता दिने समावेश छ,” ’राजदूत आर रवीन्द्रले बताए ।

“विकास र मानवीय सहायतामा भारत धेरै वर्षदेखि अफगानिस्तानको भरपर्दो साझेदार रहिआएको छ,” उनले भने । अफगान जनताका लागि भारतको प्रयासलाई प्रकाश पार्दै आर रवीन्द्रले भने,, “भारतले अफगानिस्तानमा ५० हजार मेट्रिक टन गहुँ, २५० टन चिकित्सा सहायता र २२५ टन भूकम्प राहत सहायता सहितको मानवीय सहायता प्रदान गरेको छ । साथै ६०० अफगान बालिकासहित चार हजारभन्दा बढी विद्यार्थीका लागि शैक्षिक छात्रवृत्ति प्रदान गरेको छ ।”

राजदूत आर रवीन्द्रले ऊर्जा, पानी आपूर्ति, सडक सम्पर्क, स्वास्थ्य सेवा, शिक्षा, कृषि र क्षमता निर्माणमा केन्द्रित सबै ३४ प्रान्तमा ५०० भन्दा बढी विकास परियोजनालाई भारतले सहयोग गरेको बताए । राजदूत आर रवीन्द्रले इरानको चाबहार बन्दरगाहमार्फत भारत र अफगानिस्तानले आफ्नो व्यापार जारी राखेको उल्लेख गर्दै यो बन्दरगाह विकास गर्ने हालैको सम्झौताले अफगानिस्तानका लागि कनेक्टिभिटी हब बनाउने भारतको प्रतिबद्धतालाई देखाउँछ

“हामी अफगानिस्तानका जनताप्रतिको हाम्रो अटुट प्रतिबद्धतालाई दोहो¥याउँछौँ । अफगानी समाजलाई सहयोग गर्न हरेक पहलमा भारतले पूर्ण सहयोग जारी राख्नेछ, उनले भने । (रासस/एएनआई)

वि.सं.२०८१ असार ९ आइतवार २०:१५ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...