back
CTIZAN AD

राष्ट्रपति पौडलेलसँग चीनका उपविदेशमन्त्रीको शिष्टाचार भेट

वि.सं.२०८१ असार १२ बुधवार

747 

shares

राष्ट्रपति रामचन्द्र पौडेलसँग चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति भवनमा भएको उक्त भेटमा नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले चीन नेपालको प्रमुख एवं लामो समयदेखिका विकास साझेदार रहेको बताउँदै करिब सात दशकदेखि नेपालको विकास प्रयासमा चीनले गरेको सहयोगा निम्ति कृतज्ञता ज्ञापन गरे ।

भेटमा राष्ट्रपति पौडेलले मित्रराष्ट्र चीन नेपालको प्रमुख एवं लामो समयदेखिको विकास साझेदार रहिआएको र यसले सधै नेपालको विकास प्रयासमा योगदान पु¥याएको बताए । उनले नेपाल सन् २०२६ मा अल्पविकसित देशको श्रेणीबाट स्तरोन्नति हुन लागेको सन्दर्भमा चीनले थप सहयोग गर्ने विश्वास व्यक्त गरे ।

राष्ट्रपतिले नेपाल र चीनबीच जनस्तरमा सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै चिनियाँ तथा नेपाली भिÞक्षु, भृकुटी र कलाकार अरनिकोलगायत विभूतिले दुई देशबीचको जनस्तरको सम्बन्ध र सांस्कृतिक आदान प्रदानलाई समृद्ध बनाउन योगदान गरेका बताए ।

उपविदेशमन्त्री सुन नेपाल–चीन परराष्ट्रसचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६ औँ बैठकमा सहभागी हुने सिलसिलमा गत सोमबारदेखि नेपालको तीनदिने औपचारिक भ्रमणमा छन् ।

वि.सं.२०८१ असार १२ बुधवार ११:५४ मा प्रकाशित

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वर्तमान सरकार सुशासन, पारदर्शिता...

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा...

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको  ध्यानाकर्षण

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । अखिल नेपाल महिला सङ्गठनले एलपी ग्यासको कृत्रिम अभाव,...

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

काठमाडौँ ।, वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक,...