back
CTIZAN AD

डुबान क्षेत्रमा उच्च आवासगृह निर्माणले जगायो आशा

वि.सं.२०८१ असार १४ शुक्रवार

741 

shares

भजनी (कैलाली) । जिल्लाको भजनी नगरपालिका-३ का विष्णु चौधरीलाई बर्सेनि बाढी र डुबानका कारण विस्थापित भएर हुलाकी सडकमा आश्रय लिनुपर्ने बाध्यता छ । बर्खा सुरु भएपछि विष्णुजस्ता सयौँ परिवारका लागि बाढी र डुबानबाट विस्थापित भएर सडकमा आश्रय लिनु बाध्यता हो । पटकपटक बाढीको जोखिमबाट छुटकाराका लागि हारगुहार गरिरहेका विष्णुलाई यस वर्ष हुलाकी सडक छेउमा निर्माण भएको उच्च आवासगृहले आशा जगाएको छ ।

सङ्घीय सहरी तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइले छ वर्ष पहिलेदेखि भजनी क्षेत्रमा उच्च आवासगृह निर्माणका लागि बजेट विनियोजन हुने तर जग्गा प्राप्तिमा समस्या भएपछि त्यो फिर्ता हुँदा जोखिममा परेका नागरिक निराश थिए ।

धुसीस्थित राष्ट्रिय माध्यमिक विद्यालयले नगरपालिकामार्फत उच्च आवासगृहका लागि जग्गा उपलब्ध गराएपछि भवन निर्माणको काम सुरु भएसँगै स्थानीय खुसी भएका छन् । सङ्घीय सहरी तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन एकाइमार्फत रु एक करोड ६६ लाखको लागतमा भवन निर्माणाधीन छ । जिल्लाका अन्य स्थानमा पनि यस्तै बनेका छन् । त्यसैअन्तर्गत भजनीमा सो भवन निर्माण हुन लागेको हो”, कार्यान्वयन एकाइका इन्जिनियर मोहन अवस्थीले भने,“यस्तै अर्को भवन कञ्चनपुरको बेलडाँडीमा पनि निर्माण भइरहेको छ ।” भवन सञ्चालनमा आएपछि प्रभावितलाई राहत हुनेछ । उनका अनुसार चालु आवमा सबै काम नसकिए पनि बस्न सक्ने स्थितिको भवनको काम हुनेछ । “सबै काम यस वर्ष सकिँदैन, बाँकी अर्को वर्ष सक्नेगरी पुनः रु एक करोड ५० लाख बजेट आएको छ”, उनी भन्छन्, “त्यसभन्दा पछि आवश्यकतानुसार दुई तलासम्म स्थानीय सरकारले आफ्नो स्रोतबाट थप गर्न सक्नेगरी डिजाइन बनाइदिएका छौँ ।” भवनको ८० प्रतिशत काम पूरा भएको छ ।
रासस /फाइल फोटो

 

वि.सं.२०८१ असार १४ शुक्रवार ०८:४८ मा प्रकाशित

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

कर्णाली । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...