back
CTIZAN AD

गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीमा तस्बिर प्रदर्शनी

वि.सं.२०८१ असार १८ मंगलवार

723 

shares

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति स्व गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीमा ‘क्रान्तिदेखि शान्तिसम्म’ शीर्षकमा तस्बिर प्रदर्शनी सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आयोजित प्रदर्शनीमा कोइरालाको जीवनका महत्वपूर्ण तस्बिर राखिएका छन् । उनको सक्रिय राजनीतिक जीवनकालमा विभिन्न फोटो पत्रकारले खिचेका तस्बिर प्रदर्शनीमा राखिएको हो । प्रदर्शनीको उद्घाटन कांग्रेसका सभापति शेरबहादुर देउवाले गरे ।

प्रदर्शनीमा एक सय ५१ भन्दा बढी तस्बिर राखिएका छन् । केन्द्रीय कार्यालयको सभाहलमा जारी प्रदर्शनीमा विसं २००७ पहिलेका, कोइराला र उनका सहकर्मी नेतासँगका तस्बिरहरु छन् । प्रदर्शित तस्बिरले क्रान्ति, शान्ति तथा विकास निर्माण र द्वन्द्वपछि शान्ति प्रक्रियाको चरण गरी तीन अवस्थाबारे प्रतिविम्बित गरेका छन् ।

शान्ति तथा विकास निर्माणको चरण, नेपालको अर्थतन्त्र र कांग्रेसले चाहेको विकास ‘मोडल’का बारेमा तस्बिरले प्रष्ट पार्ने विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । तस्बिर प्रदर्शनीको साथमा विमर्शसभा र वृत्तचित्रसमेत प्रदर्शन गरिएको थियो ।

विसं २०६३ माघ १ गतेदेखि २०६५ साउन ८ गतेसम्म राष्ट्रप्रमुखको जिम्मेवारी निर्वाह गरेका स्व कोइराला २०४८ सालदेखि २०६५ सालसम्म चारपटक प्रधानमन्त्री भएका थिए । विसं २००४ मा विराटनगरमा भएको मजदुर आन्दोलनमार्फत राजनीतिमा जोडिएका कोइराला विसं २०५३ वैशाख २९ गतेदेखि २०६६ चैत ७ गतेसम्म कांग्रेसको पाँचौँ सभापतिको जिम्मेवारीमा रहेका थिए । विसं १९८१ असार १८ गते जन्मिनुभएका उहाँको २०६६ साल चैत ७ गते निधन भएको थियो ।

उनले क्रान्तिदेखि शान्ति प्रक्रियामा पु–याउनुभएको योगदान वर्तमान र भावी पुस्तालाई जानकारी गराउने उद्देश्यले तस्बिर प्रदर्शनी गरिएको विभागले जनाएको छ । प्रदर्शनी आज साँझसम्म रहने कांग्रेसले जनाएको छ ।

वि.सं.२०८१ असार १८ मंगलवार १८:०८ मा प्रकाशित

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु दर्शनाले...

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

काठमाडौँ । आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु भएकाे छ...

नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र थप उपचार गर्न भारत लैजान चिकित्सकको सुझाव

नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र थप उपचार गर्न भारत लैजान चिकित्सकको सुझाव

काठमाडौँ । सरकारले चिकित्सकहरूको सुझावअनुसार जलनका बिरामी मुगु सोरु गाउँपालिका–१...

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त भई पुनर्निर्माण थालिएको बिपी राजमार्गको...

दलाई लामाको जन्मोत्सवमा विदेशी कूटनीतिज्ञको सहभागिताप्रति पूर्व राजदूतहरूको गम्भीर आपत्ति

दलाई लामाको जन्मोत्सवमा विदेशी कूटनीतिज्ञको सहभागिताप्रति पूर्व राजदूतहरूको गम्भीर आपत्ति

काठमाडौं । चीनका लागि नेपाली पूर्व राजदूतहरूले काठमाडौंमा हालै सम्पन्न...