back

सामसुङका कर्मचारी तलब वृद्धिको माग गर्दै तीन दिने हडतालमा

वि.सं.२०८१ असार २४ सोमवार

342 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

ह्वासियोङ, दक्षिण कोरिया । दक्षिण कोरियाली विशाल प्रबिधि कम्पनी सामसुङका कर्मचारीहरूले तलब वृद्धि र अन्य सुविधाको विषयमा सोमबारदेखि तीन दिने आमहडताल सुरु गरेका छन् ।

सियोलबाट एक घण्टा दक्षिणमा रहेको ग्योङगीको ह्वासेओङमा रहेको कम्पनीको फाउण्ड्री र सेमीकन्डक्टर फ्याक्ट्रीबाहिर हजारौं मजदुरहरू बर्षादी र रिबन लगाएर भेला भएका दशौं हजार कर्मचारीहरूको प्रतिनिधित्व गर्ने एक युनियनका प्रमुखले एएफपीलाई बताए ।

सामसुङ इलेक्ट्रोनिक्स विश्वको सबैभन्दा ठूलो मेमोरी चिप निर्माता हो र यसले चिप्सको विश्वव्यापी उत्पादनको महत्त्वपूर्ण हिस्सा ओगटेको छ ।सामसुङ व्यवस्थापनले जनवरीदेखि युनियनसँगको वार्तालाई रोकेको छ । दुबै पक्ष मतभेदलाई कम गर्न असफल भएका छन् । फर्मबाट ५.१ प्रतिशत तलब वृद्धि प्रस्ताव अस्वीकार गरिएको छ ।

नेशनल सामसुङ इलेक्ट्रोनिक्स युनियनका प्रमुख सन वू मोकले एएफपीसँग भने, “आजदेखि हडताल सुरु भएको छ । आजको आमहडताल त सुरुवात मात्र हो ।”

“हामी यहाँ किन छौं भनेर सम्झँदै, कृपया जुलाई १० सम्म काममा नआउनुहोस् र कुनै पनि व्यावसायिक कलहरू रिसिभ नगर्नुहोस्,” उनले कामदारहरूको भीडलाई सम्बोधन गर्दै भने ।
युनियनले कारखाना, उत्पादन र विकास क्षेत्रका करिब पाँच हजार २०० व्यक्ति विरोध प्रदर्शनमा सहभागी भएको जनाएको छ । युनियनका उपाध्यक्ष ली ह्युन कुकले भन्नुभयो, “के उनीहरूले यसले सामसुङको उत्पादन लाइनलाई असर पार्नेछ भनेर अझै पनि सोचेका छैनन् ?”
करिब ३० हजार सदस्य रहेको युनियनले वार्ताबाट समस्याको समाधान हुन नसकेपछि गत हप्ता तीन दिने आम हड्तालको घोषणा गरेको थियो ।

श्रमिकहरूले मार्चमा ५.१ प्रतिशत तलब वृद्धिको प्रस्तावलाई अस्वीकार गरेका थिए, युनियनले पहिले वार्षिक बिदामा सुधार र पारदर्शी कार्यसम्पादनमा आधारित बोनससहितका मागहरू राखेको थियो ।

यससम्बन्धमा सामसुङले टिप्पणीको लागि गरिएको अनुरोध अस्वीकार गरेको छ । सेजोङ विश्वविद्यालयका बिजनेस प्रोफेसर किम डे–जोङले एएफपीसँग भने, “जारी हडताल तीन दिनका लागि मात्र तय गरिएको छ, तर सहभागी सदस्यहरूमा चिप एसेम्बली लाइनमा काम गर्नेहरू पनि सामेल छन् ।

“समस्या जारी रहेमा युनियनले थप हड्ताल गर्न सक्ने भएकाले प्रतिस्पर्धी चिप्स बजारमा प्रभुत्व जमाउने होडबाजीका बीच यसले सामसुङ व्यवस्थापनलाई ठूलो समस्या सिर्जना गर्नसक्छ । (रासस/एएफपी)

वि.सं.२०८१ असार २४ सोमवार २०:५३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
लोकतन्त्रका लागि गोली खाएको अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको भनाइ

लोकतन्त्रका लागि गोली खाएको अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको भनाइ

  ग्रयाण्ड ¥यापिड्स, संयुक्त राज्य अमेरिका । अमेरिकाका पूर्व राष्ट्रपति...

बङ्गलादेशमा विद्यार्थी आन्दोलन : रोजगारीको कोटासम्बन्धी नियमबारे आइतबार सुनुवाई गर्ने

बङ्गलादेशमा विद्यार्थी आन्दोलन : रोजगारीको कोटासम्बन्धी नियमबारे आइतबार सुनुवाई गर्ने

ढाका । बङ्गलादेशमा व्यापक हिंसा भड्किएपछि सर्वोच्च अदालतले सरकारी जागिरमा...

‘लोकतन्त्रका लागि गोलीको चोट सहनुपरेकाे’ अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको भनाइ

‘लोकतन्त्रका लागि गोलीको चोट सहनुपरेकाे’ अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको भनाइ

ग्रयाण्ड र्‍यापिड्स, संयुक्त राज्य अमेरिका । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड...

बङ्गलादेशमा बढ्दो विद्यार्थी आन्दोलन : प्रधानमन्त्री शासनका लागि गम्भीर चुनौती

बङ्गलादेशमा बढ्दो विद्यार्थी आन्दोलन : प्रधानमन्त्री शासनका लागि गम्भीर चुनौती

ढाका । बढ्दो विद्यार्थी आन्दोलनका साताहरू बङ्गलादेशको स्मृतिमा सबैभन्दा खराब...

जासुसी गरेको आरोपमा रुसमा अमेरिकी पत्रकारलाई १६ वर्षको कारागार सजाय

जासुसी गरेको आरोपमा रुसमा अमेरिकी पत्रकारलाई १६ वर्षको कारागार सजाय

येकातेरिनबर्ग (रुस) । अमेरिकी संवाददाता इभान गेर्शकोभिचलाई शुक्रबार रुसको एक...

हाइटीमा आप्रवासी बोकेको डुङ्गामा आगलागी हुँदा ४० जनाको मृत्यु

हाइटीमा आप्रवासी बोकेको डुङ्गामा आगलागी हुँदा ४० जनाको मृत्यु

पोर्ट–अउ–प्रिन्स । हाइटीको उत्तरी तटमा एक डुङ्गामा आगलागी हुँदा कम्तीमा...