back
CTIZAN AD

दाउरा निकाल्ने क्रममा नदीले बगाउँदा बेपत्ता

वि.सं.२०८१ असार २६ बुधवार

1.3K 

shares

तनहुँ । बाढीले बगाएर ल्याएको दाउरा सेतीनदीबाट झिक्ने क्रममा आज बिहान एक जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार व्यास नगरपालिका-१ भादगाउँ का ५५ वर्षका तालबहादुर थापा छाब्दीखोला दोभानमा बाढीले बगाएर ल्याएको दाउरा तान्दै गर्दा नदीमा बेपत्ता भएका हुन् ।

कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले थापाको खोजी जारी रहेको जानकारी दिनुभयो । बाढीले बगाएर ल्याएको दाउरा निकाल्न नदी किनार आसपासका मानिसको भीड लाग्ने गर्दछ ।

पहिराले अवरुद्व पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन
म्याग्दे गाउँपालिका–६ मौरीओढारमा आज बिहान पहिरा खस्दा अवरुद्व पृथ्वीराजमार्गमा एकतर्फी सञ्चालनमा ल्याइएको छ । अविरल वर्षाका कारण खसेको लेदोसहितको पहिरोले राजमार्ग अवरुद्व भएको थियो । पृथ्वीराजमार्गअन्तर्गत पर्ने बन्दीपुर–५ याम्पा नजिक खसेको पहिरा पन्छाएर एकतर्फी सवारीसाधन सञ्चालनमा ल्याएको प्रहरीले जनाएको छ ।

वि.सं.२०८१ असार २६ बुधवार १०:४२ मा प्रकाशित

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

काठमाडौँ । हामीले गर्मी महिना तथा आफ्नो इनर्जी कम भएको...

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

गोरखा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन...

परराष्ट्रमन्त्रीको भारत भ्रमण :  नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पु-याउने प्रतिबद्धता

परराष्ट्रमन्त्रीको भारत भ्रमण : नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पु-याउने प्रतिबद्धता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले वर्तमान सरकार गठनपछि पहिलोपटक भारतको...

यस्तो छ कालिमाटीमा तरकारी तथा फलफूलको थोक मूल्य

यस्तो छ कालिमाटीमा तरकारी तथा फलफूलको थोक मूल्य

काठमाडौँ, २४ जेठ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले...

आजको मौसम विवरण : हिमाली र पहाडी भागमा वर्षा, तराईमा तातो बढ्ने

आजको मौसम विवरण : हिमाली र पहाडी भागमा वर्षा, तराईमा तातो बढ्ने

काठमाडौँ । देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...