back
CTIZAN AD

प्रतिपक्ष स्वर कमजोर हुन नदिन सरकारमा जान्न : विश्वप्रकाश शर्मा

वि.सं.२०८१ असार २७ बिहीवार

1.6K 

shares

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारमा नजाने बताएका छन् ।

आफ्नो निर्वाचन क्षेत्र झापा–१ मा भएको अगुवा पार्टी कार्यकर्ताको भेलामा महामन्त्री शर्माले प्रतिपक्षको स्वर कमजोर हुन नदिन आफू सरकारमा नजाने बताएका हुन् ।

‘दुई ठुला दल मिलेर सरकारमा जाँदा प्रतिपक्षको शक्ति कमजोर हुने कतिपयको चिन्ता स्वाभाविक हो । दुई ठुला दल मिल्दै गर्दा प्रतिपक्ष स्वर कमजोर हुन्छ भन्ने खालको बौद्धिक सर्कलको चिन्ता छ ।’ शर्माले भने, ‘प्रतिपक्ष स्वर कमजोर हुन नदिन पनि सरकारमा म जान हुन्न ।’

सभापति, उपसभापति र महामन्त्रीका पाँच प्रमुख पदाधिकारीमा हालसम्म सरकारमा सहभागी नहुने शर्मा मात्रै हुन् । असार १७ गते काँग्रेस र एमालेबिच ओलीको नेतृत्वमा सरकार बनाउने सहमति बनेको थियो ।

वि.सं.२०८१ असार २७ बिहीवार ११:५३ मा प्रकाशित