back
CTIZAN AD

त्रिशूलीमा खसेको दुई बसमा ६५ यात्रु रहेको खुलासा

वि.सं.२०८१ असार ३० आइतवार

1.4K 

shares

नारायणगढ । त्रिशूलीमा खसेको दुई बसमा ६५ यात्रु रहेको खुलासा भएको छ । मुग्लिन सडक अन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालमा शुक्रबार दुई वटा यात्रुवहाक बस खसेका थिए ।

दुई दिनसम्म प्रहरीले बसको टिकट काउन्टर र आफन्तहरूसँग सोधपुछका आधारमा ६५ यात्रु सवार रहेको निष्कर्ष निकालेको हो ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले गौर जाँदै गरेको गणपति यातायातको प्रदेश ०३-००१ ख २४९५ नम्बरको बसमा टिकट काटेका र चलानमा उल्लेख भएका २७ जना र आफन्त सम्पर्कमा आएर जानकारी गराएको ११ जना गरी ३८ जना थिए ।

त्यस्तै वीरगन्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश०३-००६ख १५१६ नम्बरको एन्जल डिलक्सको बसमा चलानबमोजिम २३ यात्रु र आफन्तले जानकारी गराएबमोजिम थप चार जना गरी २७ यात्रु रहेको पुष्टि भएको प्रजिअ यादवले जानकारी दिए ।

दुई बसमा गरी ६५ जनामध्ये तीन जना हामफालेर बाँचेका थिए। शुक्रबार दिउँसोदेखि शनिबार बेलुकासम्म तीन जनाको शव भेटिएको र तीनै जनाको शव सनाखत भइसकेको छ ।
शनिबार गोलाघाटमा भारतीय नागरिक ऋषि पाल साहको शव भेटिएको थियो । उनी गणपति यातायातको बसमा चढेको खुलेको थियो ।

शनिबार गैँडाकोटमा दुई जनाको शव भेटिएको थियो । ती शवहरू माडी-१ का २२ वर्षीय विकास परियार र अर्को शव सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर ३ बस्ने १९ वर्षीय रमित कुशर माझीको रहेको खुलेको छ ।

विकास एन्जल डिलक्स र रमित गणपति ट्राभल्सको बसमा सवार रहेको खुलेको छ । आइतबार गोलाघाटमै अर्को शव भेटिएको छ । उक्त शवको सनाखत भइसकेको छैन ।

 

वि.सं.२०८१ असार ३० आइतवार १२:०३ मा प्रकाशित

एकै कार्यक्रममा ६१ प्रगतिशील स्रष्टाहरु सम्मानित

एकै कार्यक्रममा ६१ प्रगतिशील स्रष्टाहरु सम्मानित

काठमाडौँ । जनसांस्कृतिक महासंघ, नेपालले प्रगतिशील साहित्य, कला र सङ्गीतका...

नेपाल गुणस्तर चिह्न लिन उद्योगी तथा व्यवसायीलाई उद्योगमन्त्रीको आग्रह

नेपाल गुणस्तर चिह्न लिन उद्योगी तथा व्यवसायीलाई उद्योगमन्त्रीको आग्रह

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले स्वदेशी उत्पादनको...

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

राष्ट्र बैंक ऐनमा डिजिटल करेन्सी समेटिँदै, क्रिप्टोले पाएन स्थान

राष्ट्र बैंक ऐनमा डिजिटल करेन्सी समेटिँदै, क्रिप्टोले पाएन स्थान

काठमाडौँ । नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ संशोधन विधेयकमा ‘डिजिटल...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...