back
CTIZAN AD

वर्षाले ग्रामीण सडक अवरुद्ध हुँदा जनजीवन कष्टकर

वि.सं.२०८१ असार ३० आइतवार

1.2K 

shares

गाईघाट (उदयपुर) । निरन्तरको वर्षाले जिल्ला सदरमुकाम गाईघाटसँग जोडिएका अधिकांश पहाडी र ग्रामीण सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा जनजीवन कष्टकर बनेको छ ।

सदरमुकाम गाईघाटदेखि रौतामाई गाउँपालिका हुँदै उत्तरी पहाडी क्षेत्र बाँसबोटे-माँझखर्क सडक वर्षाले भत्किएर अवरुद्ध छ । सदरमुकाम गाईघाट-रानीबास-रसुवा हुँदै लिम्चुङबुङ गाउँपालिकाको बलाम्ता, ताम्लिछा तथा लाकु लाफागाउँ, जाँते जोड्ने सडक धेरै ठाउँमा भत्किएकाले यातायात सञ्चालन हुन नसकेको जाँतेका स्थानीय हर्क बुढाथोकीले बताए ।

ताम्लीछा, बराह, बलाम्ता रसुवा गाईघाट सडक वर्षा र पहिराले अवरुद्ध भएपछि सदरमुकाम गाईघाट आवतजावत बन्द भएको ताम्लीछास्थित महेन्द्रदीप माध्यमिक विद्यालयका शिक्षक मनिचन्द्र राईले बताए । गाईघाटबाट खोटाङ सदरमुकाम दिक्तेल जोड्ने सडकमा पर्ने रानीबास, छामलिङ, फोक्सिङ्टार र सुवासहितका ठाउँमा पहिरो जाँदा सवारीसाधन सञ्चालन गर्न समस्या भएको यातायात व्यवसायी नरेश कार्कीले जानकारी दिए ।

रौतामाई गाउँपालिकाको रौता भुटार, सल्ले र मुर्कुची बजारदेखि डिल्ली बजार माँझखर्क सडक भत्केर अवरुद्ध भएपछि जिल्लाको मध्य र उत्तरी पहाडी क्षेत्रका सर्वसाधारण सदरमुकाम गाईघाट आउन सकेका छैनन् । उपचारका लागि जिल्ला अस्पताल र अन्य सरकारी सेवा लिन सदरमुकाम आवतजावत १० दिनदेखि बन्द भएको रौतामाई गाउँपालिका सल्लेका टेकराज पाठकले बताए ।
रासस /फाइल फोटो

 

वि.सं.२०८१ असार ३० आइतवार १२:३५ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...