काठमाडौँ । गृहमन्त्री रमेश लेखकले असार २८ गते शुक्रबार भएको सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन गरेका छन् ।
सोमबार मन्त्रीमा नियुक्तिपछि पदभार ग्रहण गर्दै मन्त्री लेखकले सहसचिव छवि रिजालको नेतृत्वमा कार्यदल बनाउने निर्णयमा हस्ताक्षर गरेका हुन् ।
कार्यदलमा तीन सुरक्षा निकायका तीन जना, भौतिक मन्त्रालयका एक जना र सहसचिव रिजाल गरी पाँच जना रहेका छन् । कार्यदललाई १० दिन समय दिइएको छ ।
नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा गत शुक्रबार बिहान करिब साढे तीन बजे खसेको पहिरोले दुई वटा बसलाई त्रिशूली नदीमा खसालेको थियो ।दुर्घटनामा बेपत्ता भएका ६५ जनामध्ये सोमबारसम्म १२ जनाको शव फेला परेको छ ।
वि.सं.२०८१ असार ३१ सोमवार १६:४३ मा प्रकाशित






























