काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा डा. विष्णु रिमाल नियुक्त भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा रिमाल चयन भएका छन् । एमालेका उपमहासचिव रहेका रिमाल ओली अघिल्लोपटक प्रधानमन्त्री रहदा समेत प्रमुख राजनीतिक सल्लाहकार रहेका थिए ।
त्यस्तै प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त भएका छन् । खतिवडा पूर्व गर्भनर समेत हुन् ।
वि.सं.२०८१ साउन ३ बिहीवार २१:२९ मा प्रकाशित






























