back
CTIZAN AD

सर्लाहीमा डेढ करोडभन्दा बढी मूल्यका सामान बरामद

वि.सं.२०८१ साउन ४ शुक्रवार

1K 

shares

बरहथवा (सर्लाही) । सर्लाहीमा गत असार महिनामा मात्रै रु डेढ करोडभन्दा बढी मूल्यका भन्सार छली गरेर भित्र्याइएका सामान बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयले एक महिनामा रु डेढ करोडभन्दा बढि मूल्य पर्ने भन्सार छलिका गरेर ल्याइएका सामान बरामद गरेको जनाएको हो । सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले असार १ देखि ३१ गतेसम्म रु एक करोड ५७ लाख ७२ हजार चार सय ४१ रुपैयाँ बराबरका बिलविजक नभएका सामान बरामद गरेको जानकारी दिए ।

सामानहरू विभिन्न समयमा जिल्लाको नेपाल–भारत सीमा क्षेत्रबाट नेपालतर्पm ल्याउँदै गर्दा बरामद भएका थिए । बरामद सामाग्री चलन चल्तीअनुसार बजार मूल्य कायम गरी आवश्यक कार्वाहीको लागि भन्सारमा बुझाउने गरिएको श्रेष्ठले बताए ।

यसरी बरामद गरिएकामा किराना सामान, कुखुराका चल्ला, मेसिनरी तथा सवारीका पार्टपूर्जा, इलोक्टिोनिक्स सामान र लत्ताकपडा रहेका छन् । सामाग्री ढुवानीमा प्रयोग भएका सवारी साधनसमेत नियन्त्रणमा लिएर भन्सारमा बुझाएको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

वि.सं.२०८१ साउन ४ शुक्रवार १६:३० मा प्रकाशित

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै...

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

दशरथचन्द (बैतडी) । अस्वस्थकर खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम...

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ (चितवन) । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर...

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

काठमाडौँ । फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को...

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...