back
CTIZAN AD

बाढीको जोखिममा देवघाटमा बन्दै गरेको शवदाह गृह

वि.सं.२०८१ साउन ४ शुक्रवार

1.1K 

shares

चितवन । विगत छ वर्षदेखि निर्माणाधीन देवघाटस्थित विद्युतीय शवदाह गृह बाढीको जोखिममा परेको छ । निर्माण सम्पन्न नहुँदै हालै नारायणी नदीमा आएको बाढीले शवदाह गृहको भूइँतला डुबाएको छ भने भवनको सुरक्षाका लागि लगाएको बाँध ढल्किएर लड्ने अवस्थामा पुगेको छ ।

सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरमार्फत शवदाह गृह निर्माण भइरहेको छ । कार्यालय प्रमुख झपटबहादुर थापाले निर्माणस्थल छनोटमा ध्यान नपुगेको र काम अत्यन्तै ढिलो हुँदा समस्या भइरहेको बताए। सुरक्षाको काम गर्न नपाएको बताए ।

उनले बाढीबाट जोगाउन थप सुरक्षा संरचनाको काम गर्न आवश्यक देखिएकाले नारायणी नदी व्यवस्थापन आयोजनालाई पत्राचार गरी तटबन्ध गरिदिन आग्रह गरिएको जानकारी दिए ।

बाढीले गृहको भूइातलामा एक दशमलव पाँच फिटसम्म पानी भरिएको र सोही तलामा शव जलाउने उपकरण राखिने भएकाले पानी पस्नबाट रोक्नुपर्ने जरूरी भएको थापाको भनाइ छ।

विसं २०७५ माघदेखि निर्माण सुरु भएको शवदाह गृह अझै सम्पन्न हुन सकेको छैन । विसं २०७७ साउनमा सम्पन्न गर्ने गरी मिलिनियम सिद्धगढी जेभि काठमाडौँसँग सम्झौता गरिएकामा हालसम्म ४५ प्रतिशत काम मात्रै भएको छ । शवदाह गृह रु ११ करोड २१ लाख आठ हजारमा ठेक्का लगाइएको थियो । चारपटक मिति थप गरेर ताकेता गर्दासमेत गर्दा काम द्रुतगतिमा अगाडि नबढ्दा समस्या भएको कार्यालय प्रमुख थापाको भनाइ छ ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बराल केही दिन अघि आएको बाढीले गृहको सुरक्षाका लागि बनाइएको बाँध ढल्ने अवस्थामा रहेकाले तत्काल सुरक्षाको काम गर्नुपर्ने बताए । देवघाटमा हाल दैनिक आठदेखि १० वटा शव ल्याइने गरेको र हिउँदमा यो सङ्ख्या बढी हुने गरेको बरालले जानकारी दिए ।

वि.सं.२०८१ साउन ४ शुक्रवार २१:२६ मा प्रकाशित

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा...

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

भद्रपुर (झापा) । कनकाई नगरपालिकाले कक्षा ८ पूरा गर्न नसकेका...

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

काठमाडौँ । राइड-सेयरिङ प्लेटफर्म इन्ड्राइभमा आबद्ध चालकहरू आफ्ना सेवा–सुविधा र...

करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा

करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा

काठमाडौँ । करदाता प्रोत्साहन उपहारअन्तर्गत विजेताहरु घोषणा गरिएको छ ।...

मृत अवस्थामा केसी

मृत अवस्थामा केसी

दाङ । स्थानीय राजेन्द्र केसी मोटरसाइकलसहित मृत अवस्थामा फेला परेका...