back
CTIZAN AD

लघुकथा : तरकारीको स्वाद

वि.सं.२०८१ साउन ५ शनिवार

1.7K 

shares

मुरारीराज मिश्र, कुमारीगाल, काठमाडौं

’तिमीले पकाएको तरकारीको स्वाद किन यत्ति मीठो हुन्छ ? मैले पकाएको बेलामा यस्तो स्वादिलो कहिल्यै हुँदैन त !’ खाना खाँदै गर्दा रमेश आफ्नी श्रीमती सुशीलालाई प्रायः यही प्रश्न गर्ने गर्थ्यो ।

’तपाईं संधै मीठो मानेर खाईदिनु हुन्छ त्यसैले होला नि !’ सुशीला हाँसेर जवाफ दिन्थिन् ।

’उही तरकारी, पकाउने तरिका पनि उस्तै, हाल्ने मसला पनि उही तर स्वादमा भने यस्तो अन्तर कसरी त !’ रमेश छक्क पर्थ्यो ।

’तरकारी पकाउँदा म अलिकति माया समेत मिसाउँछु क्या !’ सुशीला पनि यसरी नै भन्थिन् ।

आज फेरि रमेशले उस्तै प्रश्न सहित तरकारीको स्वादको तारिफ ग¥यो ।

बिहे गरेको छ महिना देखि यस्तै प्रश्न झेलिरहेकी सुशीलाले यसपटक भने रमेशलाई नढाँट्ने बिचारले भनिन् ’तपाईं साकाहारी, मलाई भने सानैदेखि माछामासु मनपर्ने । भान्सामा मासु पाकेको बेलामा, म मासुको अलिकति झोल तपाईंको तरकारीमा पनि मिसाईदिन्थे त्यसैले फरक स्वाद लागेको हो तपाईंलाई ।’

भात खाँदै गरेको रमेशले एकछिन वाल्ल परेर श्रीमतीको मुखमा हे¥यो । ’झोल त पहिलेदेखि नै ख्वाउँदै आएकै रहिछौ, अब के बार्नु ? लौ दुईवटा टुक्रा पनि हाल्देऊ यसमा !’ उसले थाल अघि बढाउँदै भन्यो !

वि.सं.२०८१ साउन ५ शनिवार ०७:४३ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...