back
CTIZAN AD

लघुकथाः अपकृत

वि.सं.२०८१ साउन ५ शनिवार

2.6K 

shares

मनीषकुमार शर्मा ‘समित’
मध्यपुर ठिमी, भक्तपुर

पितृलोकमा मातृपितृ आत्माहरू उत्साहमा थिए । सोह्रश्राद्धमा पितृभाग लिन लामबद्ध थिए । सधैँ झैँ रमाकान्तको आत्मालाई भने हताशमा एक छेउमा बसेर टुलुटुलु हेर्नुको विकल्प थिएन । किरियाकाष्ठमा पाएको तर्पण पश्चात उनलाई केही हात परेको थिएन ।
“के गर्छौ त रमाकान्त, विदेशीएका तिम्रा छोराहरूले संस्कार भुलिहाले, तर्पण दिनै छाडिहाले ।”

उनीसँगै मृत्युवरण गरेका उनका बालसखा रामशरणका शब्द बाणले उनलाई झन् विचलित बनायो । रमाकान्तलाई आफूले गरेको अपराधले सताउन थाल्यो ।

केही समयपछि हातमा पितृभाग लिएर रामशरण रमाकान्तको सामु देखा परे ।
“के सोच्दै छौ रमाकान्त ? ल, लेऊ यो पितृभाग । आखिर जे जस्तो तिम्रो व्यवहार भए पनि दैवले दुःख हेर्न सकेनछन् ।”

रमाकान्त अनुगृहित नजरले रामशरणलाई हेर्दै पितृभाग लिए । धेरै दिन देखिको भोको उनले क्षणभरमै पितृभाग सखाप पारे ।

“तिमीलाई थाहा छ यो पितृभाग कसको थियो ?” उनले पितृभाग खाइसकेपछि रामशरणले अचानक प्रश्न गरे । रमाकान्तले विश्मय नजरले हेरे ।

“यो तिम्रै थियो ।”

उनी झन् चकित भए । सुस्तरी प्रश्न गरे – “कसले पठायो ।”

“तिम्रै छोरीले, जसलाई अगेनामा परेर जल्दा उपाचार नगरी सिन्की हाल्ने खाल्डामा फालेका थियौ ।”

वि.सं.२०८१ साउन ५ शनिवार ०७:४२ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...