back
CTIZAN AD

कविता : जीवन बुझ्नै गाह्रो छ

वि.सं.२०८१ साउन ५ शनिवार

1.5K 

shares

विदुर अधिकारी, रामपुर, चितवन

शान्ति धरामा, भाग्दै छ
क्रोध असाध्यै, जाग्दै छ
बाँच्न यहाँ झन् साह्रो छ
जीवन बुझ्नै गाह्रो छ
(१)

बान्धव धेरै सन्किन्छन्
द्रव्य नपाए फन्किन्छन्
नैतिकतामा जालो छ
जीवन बुझ्नै गाह्रो छ
(२)

मृत्यु छ साँचो टर्दैन
सत्य छ आत्मा मर्दैन
फिर्दछ पक्कै पालो त
जीवन बुझ्नै गाह्रो छ
(३)

आउँछ मौका कुर्दैन
धेरै फलाक्नै पर्दैन
बोल्न यहाँ अप्ठ्यारो छ
जीवन बुझ्नै गाह्रो छ
(४)

पुत्र भनेको मान्दैन
पितृ पुकारा सुन्दैन
वृद्ध–कथा झन् सारो छ
जीवन बुझ्नै गाह्रो छ
(५)

छन्द : शबरी
गण : भ म गु गु
सङ्केत : Sll  SSS  S  S

वि.सं.२०८१ साउन ५ शनिवार ०७:४० मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...