back
CTIZAN AD

संसारकै अग्लो स्थानमा रहेको तिलिचो ताल जोड्ने पदमार्ग निर्माण

वि.सं.२०८१ साउन ७ सोमवार

1.2K 

shares

म्याग्दी । मुस्ताङबाट संसारकै अग्लो स्थानमा रहेको तिलिचो ताल जोड्ने पदमार्ग निर्माण र स्तरोन्नति भएको छ । घरपझोङ गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय जोमसोमको सहयोगमा घरपझोङ गाउँपालिकाको ठिनीबाट करिब २३ किलोमिटर पदमार्ग निर्माण र स्तरोन्नति गरिएको हो । गाउँपालिकाको दुईवटा शीर्षकको र एक्यापको बजेटबाट फरक-फरक ठाउँमा पदमार्ग निर्माण भएको हो ।

आर्थिक वर्ष २०८०/८१ मा घरपझोङ गाउँपालिकाले दुईवटा शीर्षकमा रु ५० लाख बजेट बिनियोजन गरेको तिलिचो ताल जोड्ने पदमार्ग मर्मत तथा स्तरोन्नति योजनाका लागि एक्यापले पनि रु १० लाख खर्च गरेको छ । घरपझोङ गाउँपालिकाको रोजगार संयोजक शर्मिला श्रीसले प्रधानमन्त्री रोजगार कार्यक्रमको रु २१ लाख ४९ हजार र गाउँपालिकाको थप रु २८ लाख ५८ हजार बजेटबाट वडा नं ४ र ५ को विभिन्न ठाउँमा २२ किलोमिटर पदमार्ग बनाएको जानकारी दिइन् ।

“दुईवटा वडाका १४-१४ जना बेरोजगार युवालाई पदमार्ग निर्माणमा परिचालन गरिएको थियो”, उनले भनिन्, “साँघुरो र जोखिमयुक्त ठाउँमा चार फिट फराकिलो पदमार्ग बनाएर सहज रूपमा आवतजावत गर्न सकिने बनाइएको छ ।” झोरखोलाबाठ-नमखुलेक खर्क-निलगिरि आइसफल-छमा ताल पहुँच मार्गको सोचिलेकसम्म पदमार्ग निर्माण तथा स्तरोन्नति गरिएको रोजगार संयोजक श्रीसले बताइन् ।

एक्यापमार्फत पाँच हजार एक सय २० मिटर उचाइमा रहेको मेरोकोन्दो पास क्षेत्रमा नौ सय ५० मिटर पुरानो पदमार्ग मर्मत र छ सय मिटर नयाँ पदमार्ग निर्माण गरिएको रेञ्जर सञ्जोक थकालीले जानकारी दिए ।

जोमसोम–ठनी हुँदै बढीमा तीन दिनमा तिलिचो पुगेर फर्कन सकिने यो पदमार्ग समुद्री सतहबाट चार हजार नौ सय १९ मिटर उचाइमा अवस्थित संसारकै अग्लो स्थानमा रहेको मानिएको यो ताल पुग्ने छोटो पदमार्ग भएको रेञ्जर थकालीले बताए ।

प्राकृतिक सौन्दर्ययुक्त तिलिचो ताल, नीलगिरि हिमाल, नमखु लेक, हिमचितुवाको बासस्थान, धुम्बा ताल, ह्यारझु भ्यू प्वाइन्ट, ठिनीगाउँ, ऐतिहासिक घरफझोङ किल्ला, कैश्याङ क्याम्प, थकाली कला र संस्कृति, भेडाच्याङग्रा तथा चौँरीको गोठ यो पदमार्गका आकर्षण हुन् ।

यसैगरी मुस्ताङमा यस वर्ष एक्यापको रु २७ लाख ३२ हजार पाँच सय नौ बजेटमा तिलिचो ताल जोड्नेसहित छ ठाउँमा पदमार्ग निर्माण र स्तरोन्नति गरिएको छ । उपभोक्ताले रु एक लाख ३२ हजार बराबरको श्रमदान गरेका छन् ।

रु पाँच–पाँच लाख बजेटमा थासाङ गाउँपालिकाको घैकु-मिसी-लेते-कालोपानी पदमार्गमा चार सय ५० मिटर मर्मत र चोखोपानी क्षेत्रमा ६५ मिटर पदमार्ग निर्माणका साथै ५५ थान ग्यावियन पर्खाल निर्माण भएको छ । रु एक लाख बजेटमा सौरु सिरकुङ-ताग्मी-फुरतमी क्षेत्रमा दुईवटा सल्याब, १२ थान ग्यावियन बक्स राखेर पदमार्ग मर्मत गरिएको छ ।

जोमसो-कागबेनी-मुक्तिनाथ सडक बनेपछि पहिचान भएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको मुक्तिनाथ-लुप्राखोला पदमार्गमा दुई हजार एक सय ७९ मिटर र मनाङ हुँदै पाँच हजार चार सय मिटर उचाइको थोराङ्ला झञ्ज्याङ पार गरेर मुस्ताङ आउने बाटोमा सात सय १९ मिटर पदमार्ग निर्माण भएको छ ।
रासस

 

वि.सं.२०८१ साउन ७ सोमवार १२:४५ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...