काठमाडौँ । नेपाली काँग्रेस प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले बागमती प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने भएका छन् ।
काँग्रेस र नेकपा एमालेको समर्थनमा लामाले मुख्यमन्त्री पदमा आज प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने भएका हुन् । माओवादी नेतृत्वको प्रदेश सरकार ढलेसँगै नयाँ सरकार गठनको प्रक्रियाका लागि मार्ग खुलेको हो ।
बाग्मती प्रदेश प्रमुख कार्यालयले संविधानको धारा १६८ को २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न मङ्गलवार साँझ पाँच बजेसम्मको समय दिएका छन् । सोहीअनुसार एमालेका २७ र काँग्रेसका ३७ गरी ६४ सांसदको हस्ताक्षरसहित लामाले प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष मुख्यमन्त्रीको दाबी पेस गर्ने भएका हुन् ।
वि.सं.२०८१ साउन ८ मंगलवार ११:०४ मा प्रकाशित

























