back
CTIZAN AD

नेपालमा लगानी, पर्यटन, रोजगारी सम्बन्धी ओमानमा अन्तरक्रिया कार्यक्रम

वि.सं.२०८१ साउन १० बिहीवार

1.1K 

shares

काठमाडौं । नेपाली दूतावास, मस्कटको आयोजनामा नेपालमा निर्यात, व्यापार, लगानी, पर्यटन र रोजगारी प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

जुलाई १३ का दिन नेपाल हाउस, विकास कूटनीति समितिको अन्तरक्रिया तथा बैठकलाई दूतावासका द्धितीय सचिव बिशेषकुमार साहले सञ्चालन गरेका थिए ।

नेपालको व्यापार तथा निकासी, लगानीका अवसरहरू प्रवर्द्धन गर्न, नेपाली कामदारका लागि नयाँ रोजगारीका अवसरहरू खोज्न र ओमानमा नेपाललाई आकर्षक पर्यटकीय गन्तव्यको रूपमा चिनाउन नेपाली समुदायका सदस्यहरूबाट सहयोग लिन उक्त अन्तरक्रिया गरिएको थियो ।

अन्तरक्रिया कार्यक्रममा नेपाली व्यवसायी, ओमानस्थित नेपाली संघसंस्था र नेपाली बैंकका प्रतिनिधि, प्रतिष्ठित नेपाली व्यक्तित्व र नेपाली समुदायका स्वयंसेवकहरु लगायत धेरै अतिथिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै राजदूत डोरनाथ अर्यालले व्यापार सन्तुलन राम्रो बनाउन नेपाली उत्पादनको प्रवद्र्धन र नेपालमा ठूला परियोजनामा वैदेशिक लगानी भित्र्याउन आवश्यक रहेको बताए ।

राजदूत अर्यालले नेपाली कामदारका लागि सुरक्षित र राम्रो रोजगारीको अवसरले नेपाल र ओमानबीचको द्विपक्षीय सम्बन्धलाई प्रगाढ बनाउन सहयोग पुग्ने बताए ।

उनले नेपाली समुदायलाई ‘नेपाल’ ब्रान्डलाई ओमानी नागरिकका लागि मनपर्ने पर्यटकीय गन्तव्यका रूपमा निर्माण गर्न र ओमानमा रहेका हाम्रा समृद्ध सम्पदा, संस्कृति र साहित्यको प्रवद्र्धन गर्न हरेक अवसरको सदुपयोग गर्न आग्रह गरे । राजदूत अर्यालले दूतावासलाई निरन्तर सहयोग गरेकोमा नेपाली समुदायलाई धन्यवाद दिँदै आगामी आर्थिक वर्षको योजना तथा कार्यक्रमका लागि सुझाव माग्नुका साथै आगामी वर्ष विभिन्न कार्यक्रम आयोजना गर्न ओमानमा रहेका नेपाली संघसंस्थासँग सहकार्य गर्न अनुरोध गरे ।

नेपाली समुदायका प्रतिनिधिहरुले दूतावासको आगामी वर्षका योजना तथा कार्यक्रमहरुका लागि समेटिने महत्वपूर्ण विचारहरु प्रस्तुत गरेका थिए । उनीहरुले दूतावासका गतिविधिलाई सहयोग गर्ने र व्यापार, लगानी, रोजगारी र पर्यटन प्रवद्र्धनमा संयुक्त रुपमा विभिन्न कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा सहभागी सबैले दूतावासले यस्ता कार्यक्रमका लागि ओृमानस्थित नेपाली समुदायबाट सुझाव र विचार खोज्न दूतावासले गरेको पहलप्रति खुशी व्यक्त गरे ।

राजदूत अर्यालको अध्यक्षतामा विकास कूटनीति समितिको बैठकपछि अन्तरक्रिया गरिएको थियो ।

समितिले नेपाली समुदायले दिएको सुझावलाई आत्मसमीक्षा गरी केही महत्वपूर्ण निर्णय गरेको छ । विकास कूटनीति समितिको अन्तरक्रिया तथा बैठकलाई दूतावासका द्धितीय सचिव साहले सञ्चालन गरेका थिए ।

वि.सं.२०८१ साउन १० बिहीवार १०:५२ मा प्रकाशित

नेपाल गुणस्तर चिह्न लिन उद्योगी तथा व्यवसायीलाई उद्योगमन्त्रीको आग्रह

नेपाल गुणस्तर चिह्न लिन उद्योगी तथा व्यवसायीलाई उद्योगमन्त्रीको आग्रह

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले स्वदेशी उत्पादनको...

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...