back
CTIZAN AD

द व्रिटिस कलेजका संस्थापक ‘द पावरहाउस विजनेस लिडर २०२४’द्वारा सम्मानित

वि.सं.२०८१ साउन १० बिहीवार

1.2K 

shares

काठमाडौँ । द ब्रिटिस कलेजका संस्थापक राजेन कँडेल ‘द पावर हाउस बिजनेस लिडर २०२४’द्वारा सम्मानित भएका छन् । सो उपाधि प्राप्त गरेपछि विश्व प्रसिद्ध विजनेस म्यागेजिन सिआईओ टुडेको ‘ग्लोबल टाइटन’ संस्करणमा कँडेलको प्रेरणा युक्त भनाइसहितको फिचर पनि प्रकाशित भएको छ ।

सो म्यागेजिनमा व्यवसायी कँडेलको नेपालदेखि बेलायतसम्मको यात्राका प्रेरणायुक्त भोगाइसहित उनका भनाइहरू छापिएका छन् । सो म्यागेजिनमा कँडेलले आफ्नो सफल व्यवसाय र शिक्षामा दूरदर्शितासहितको नेतृत्व हुनुपर्नेमा जोड दिएका छन् ।

‘द पावर हाउस बिजनेस लिडर २०२४’ को सो संस्करणमा कँडेलले शैक्षिक यात्राका अवधिमा उनले भोगेका भोगाइ तथा उपलब्धिहरूलाई प्रमुखताका साथ स्थान दिएको छ ।

विद्यार्थीदेखि शैक्षिक नेतृत्वसम्म

फिचरमा कँडेलले नेपालमा सञ्चालनमा रहेको प्रतिष्ठित द ब्रिटिस कलेज र संसारभर सञ्चालनमा रहेका द कँडेल ग्रुप तथा द ब्रिटिस एजुकेसन ग्रुपलगायत व्यवसायीक प्रतिष्ठान तथा कम्पनीहरूमा आफ्नो भूमिका बारे चर्चा गरेका छन् ।

उक्त फिचरमा कँडेलले आफ्नो संझनालायक विगत, नेपालमा जन्मे हुर्केदेखि बेलायतको लन्डनमा आफूले अध्ययन गरेको विषयसमेत समेटेका छन् भने आफूले पहिलो पटक लन्डनमा कलेज स्थापना गरेको कुरालाई पनि उठान गरेका छन् । उनले युनिभर्सिटी कलेज अफ लन्डनबाट हायर एजुकेसन अफ म्यानेजमेन्टमा एमबिए गरेका हुन् ।

‘द पावरहाउस बिजनेस लिडर २०२४’ मा दरिएको सम्बन्धमा कँडेलले भने ’मेरा लागि सफलता भनेको शिक्षा र अवसरको माध्यमबाट अरूलाई सशक्त बनाउनु हो। शिक्षामा मेरो यात्रा सरल लक्ष्यका साथ सुरु भएको हो भने सिकाउने प्रक्रियालाई पहुँचयोग्य र प्रभावकारी बनाउने मेरो अभियान जारी रहनेछ ।’

कँडेल ग्रुपका प्रमुख कार्यकारी अधिकृत(सिइओ)समेत रहेका कँडेल आफ्नो दूरदर्शी नेतृत्वसहितको छविका कारण व्यवसायमा फड्को मारिरहेका छन् ।

वि.सं.२०८१ साउन १० बिहीवार १५:०३ मा प्रकाशित

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

काठमाडौं । नेपालमा लेखा (एकाउन्टिङ) शिक्षाको गुणस्तर सुदृढ गर्ने उद्देश्यले...

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य, जेठ १७ गते परीक्षा

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य, जेठ १७ गते परीक्षा

काठमाडौँ । महानगरपालिकामा कक्षा ११ र १२ मा सिफारिस गर्ने...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

देवचुलीका ५ विद्यार्थीले  एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

देवचुलीका ५ विद्यार्थीले एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

नवलपुर । देवचुली नगरपालिका ले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२...

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

नवलपुर ।  जनज्योति माध्यमिक विद्यालय मा कक्षा ११ अन्तर्गत विज्ञान...