back
CTIZAN AD

अमेरिकामा ‘फिप्ना सांस्कृतिक गाला’ कार्यक्रम सम्पन्न

वि.सं.२०८१ साउन ११ शुक्रवार

2.8K 

shares

अमेरिका । नेपाल आदिवासी जनजाती महासंघ फिप्नाले गत १९ जुलाईका दिन “फिप्ना सांस्कृतिक गाला“ कार्यक्रम गुलसन टेरेसमा भब्यताका साथ सम्पन्न गरेको छ ।

कार्यक्रममा फिप्नाका वरिष्ठ उपाध्यक्ष तुल बहादुर तामाङले आमन्त्रित सम्पूर्णका लागि स्वागत मन्तव्य राखेका थिए भने महासचिव दिपक चौधरी र सचिव डाजिमा शेर्पाले कार्यक्रम सचांलन गरेका थिए ।

उक्त कार्यक्रममा फिप्नामा आबद्द सदस्य संस्थाका अध्यक्षहरु, सल्लाहकार, संघिय परिषदका उपसभामुख, बिभिन्न पेशामा आवद्ध सहयोगि दाताहरू, कलाकारहरू, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।

फिप्नाको महिला उपाध्यक्ष ममता राईको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा प्रत्येक सदस्य संस्थाहरुबाट मौलिक नाच माँग गरेकोमा १० वटा संस्थाबाट आदिबासी जनजातीहरूको धर्म संस्कृति र परम्परालाई दर्शाउने प्रस्तुति रहेको उपाध्यक्ष राईले जानकारी दिइन् ।

त्यस्तै अमेरीकन कलाकार संघकी अध्यक्ष वसन्ती राई, वरिष्ठ उपाध्यक्ष विमल डाँगी र महासचिव संगिता थापा मगरले पनि फिप्नाको लागि सौजन्य प्रस्तुति दिएको सांस्कृतिक संयोजक ममता राईले बताइन् । जुन कार्यक्रमले संस्कार, संस्कृति संरक्षण र प्रबर्धन गर्ने र आदिबासीहरूको मुद्दाका बिषयमा सबै आदिबासी जनजातीहरू एकजुट हुनु जरूरी छ भन्ने मुख्य उदेश्य साथ सम्पन्न भएको स्रोतले जनाएको छ ।

 

सो कार्यक्रममा फिप्नाका सदस्य संस्थाहरूबाट ल्याएको आ–आफ्नो कला संस्कृति भेषभुषा र पहिरन झल्किने बिशेष किसिमको नृत्यहरू र गायनहरूको प्रस्तुति भएको थियो । साथै उपकोषाध्यक्ष दावा ल्हामो शेर्पाबाट साईलेन्ट अफसनको कार्यक्रम समेत सचांलन गरिएको थियो ।
चर्चित लोक दोहोरी र डिजे गीत सँगै भरपुर मनोरन्जनका साथ कार्यक्रम सम्म्पन्न भएको थियो ।

खानामा सयोजक क्षेत्रीय उपध्यक्ष राम कृष्ण महर्जनले नेवारी टिपीकल खानाको व्यवस्था गरेका थिए भने अध्यक्ष कृष्ण माया महर्जन, सचिव शान्ती गुरुङ, सदस्य तिर्थ तमाङ बिषेश पाउनाहरुको स्वागत तथा व्यवस्थापनमा खटिएका थिए ।

सघिंय परिषदको संदस्य संस्थाहरुबाट प्राप्त स्वयमसेवक भाईबहिनीहरुको पनि त्यती नै मात्रमा सहयोग रहेको थियो ।

कार्यक्रमको अन्त्यमा जनजाती महासघंका अध्यक्ष तोरण गुरूङले कार्यक्रममा उपस्थित सम्पुर्णलाई धन्यवाद दिँदै कार्यक्रम समापन भएको जानकारी दिएका थिए ।

वि.सं.२०८१ साउन ११ शुक्रवार ०९:१३ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...