काठमाडौँ । आज साताको पहिलो दिन बजार खुलेको १ मिनेटमै सेयर बजारमा सकारात्मक सर्किट ब्रेक लागेको छ ।
शुक्रबार मौद्रिक नीति सार्वजानिक भएसँगै आज सेयर बजारमा सर्किट ब्रेक लागेको हो । बजार खुलेको १ मिनेटमै ३ दशमलव ९९ प्रतिशत अर्थाथ नेप्से परिसुचक १०२ दशमलव ६८ अंकले बढेर २० मिनेको लागि बजार बन्द भएको छ ।
शुक्रबार सार्वजनिक गरिएको मौद्रिक नीतिलमा संस्थागत लगानीकर्ताका लागि बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा लिन पाउने कर्जाको २० करोडको सीमा हटाएको छ । जसले गर्दा ठूला संस्थागत लगानीकर्तालाई ठूलो रकम ऋण लगानीका लागि बाटो खुलेको छ ।
सर्किट ब्रेक लाग्दा बैंकिङ सूचक सबैभन्दा धेरै ७.३ प्रतिशत बढेको छ । विकास बैंक २.८, फाइनानस १.३, होटल तथा पर्यटन १.७, हाइड्रोपावर २.२, जीवन बीमा २.३, उत्पादन ३.२, माइक्रोफाइनान्स २.२, अन्य ४.६ तथा व्यापार समूह ५.३ प्रतिशत बढेको छ ।
कारोबार शुरु भएको पहिलो घण्टा ११ देखि १२ बजेको बीचमा ४ प्रतिशतले, दोस्रो घण्टा ५ प्रतिशतले र त्यसपछि ६ प्रतिशतले घटे वा बढे सर्किट ब्रेक लाग्ने व्यवस्था रहेको छ ।
वि.सं.२०८१ साउन १३ आइतवार ११:१३ मा प्रकाशित






























