back
CTIZAN AD

पर्वतमा एक सय ४१ हेक्टर जमिनमा सिँचाइ सुविधा

वि.सं.२०८१ साउन १६ बुधवार

894 

shares

पर्वत । पर्वत जिल्लाको एक सय ४१ हेक्टरमा सिँचाइ सुविधा थप भएको छ । यहाँ सञ्चालित ११ वटा विभिन्न सिँचाइका योजना सम्पन्न भएसँगै स्थानीय किसानको सिँचाइमा पहुँच बढेको हो ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका अनुसार जलजला गाउँपालिका–८ मा तल्लो कुलो, उपल्लो कुलो, डिलकुलो सिँचाइ योजना, मोदी गाउँपालिका–८ को साजखोला ठूलीब्याड सिँचाइ योजना, कुश्मा नगरपालिका–१२ को अर्जिकोटखोला ब्याड सिँचाइ योजना, महाशिला–३ को अँधेरीखोला, घोप्टेचौर, निगालीडाँडा सिँचाइ योजना सम्पन्न भएका हुन् ।

त्यसैगरी मोदी–१ मा भुकताङ्ले सिँचाइ योजना, जलजला–७ मा लुङ्दीखोला–भेडावारी–दुलेपानी सिँचाइ योजना र फलेवासस्थित नमूना पोखरी सिँचाइ योजना, लिफ्ट सिँचाइलगायत योजना सम्पन्न भएका उक्त कार्यालयले जनाएको छ ।

उक्त कार्यालयका अनुसार सिँचाइ सुविधा विस्तार गरिएको क्षेत्रफलमध्ये १० हेक्टरमा डिप ट्युबेल आयोजना कार्यान्वयन भएको हो । अब पर्वतमा सिँचाइ सुविधा पुगेको क्षेत्रफल छ हजार तीन सय हेक्टर पुगेको छ । चार हजार पाँच सय ७९ हेक्टरमा मौसमी र बाह्रै महिना सिँचाइ हुने क्षेत्रफल एक हजार छ सय ९४ हेक्टर छ । यसबाहेक गत आर्थिक वर्ष २०८०/८१ मा किसानका साना कुलो सुधार तथा पुनःस्थापनाबाट एक सय २८ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार गरिएको छ ।

गत आवमा उक्त कार्यालयमार्फत सञ्चालित प्रदेश मातहतका ८३ वटा योजना र सङ्घीय सरकारअन्तर्गतका २६ वटा योजना गरी एक सय नौ योजना थिए । चालु आवका लागि पनि चार ठूला योजनालाई स्रोत सुनिश्चित भएको छ ।

चालु आवमा सम्पन्न हुनुपर्ने ती योजनाबाट थप ८८ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्ने कार्यालय प्रमुख विष्णुहरि अधिकारीले जानकारी दिए । गण्डकी प्रदेश मातहतको उक्त कार्यालयलाई आव २०८०÷८१ मा पुँजीगततर्फ रु १८ करोड ७४ लाख ५० हजार बजेट प्राप्त भएकामा रु १७ करोड ४२ लाख ८६ हजार नौ सय खर्च भएको छ ।

वि.सं.२०८१ साउन १६ बुधवार ११:३८ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...