back
CTIZAN AD

गजल

वि.सं.२०८१ साउन १९ शनिवार

792 

shares

कुमार थापा, निजगढ, बारा

करोडौँमा मलाई नै चुनेकी हुन् उनैले ।
हियामा देवझैँ राख्दै पुजेकी हुन् उनैले ।

जलनको भावले हेर्ने नयन हुन्छ्न् कसैका
बचाएरै अँगालोमा कसेकी हुन् उनैले

कहाँ सक्थेँ र मायाँको म प्रस्ताव गर्नै
नयाँ प्रस्ताव आफैँले गरेकी हुन् उनैले

नजानेँझैँ गरिन् उनले सधैँ नै प्रेम चर्चा
नजान्ने छु म भन्दै दिल लुटेकी हुन् उनैले

विरोधी छन् यहाँ हरदम जमाना छैन हाम्रो
अनेकौँ दुःखका पीडा सहेकी हुन् उनैले

बहर : हजज मुसम्मन महजुफ
वजन १२२२, १२२२, १२२२, १२२
अर्कान : मुफाईलुन् मुफाईलुन् मुफाईलुन् फऊलुन्
काफिया : एकी
रदिफ : हुन् उनैले

वि.सं.२०८१ साउन १९ शनिवार ०५:२० मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...