back
CTIZAN AD

गजल

वि.सं.२०८१ साउन १९ शनिवार

1.1K 

shares

शीतल निश्चल, लप्सीबोट, गोरखा

शिलामा देश कोप्ने, खास मन कसले गरेको हो ?
खुँडा बोकेर सत्ताको ,दहन कसले गरेको हो ?

सिमानामा नयाँ खम्बा उठायो, पूर्वबैरीले
अरे! मार्ने र मर्ने यो,चलन कसले गरेको हो ?

महाभारत र रामायण कथा घोकेर ए ! साधु
ठुलो आवाजमा, यसरी भजन कसले गरेको हो ?

हिजो उड्दै थियो आकाशमा स्वतन्त्र पाराले
दया लाग्यो, भँगेराको पतन कसले गरेको हो ?

गलामा राख्न खोजेथ्यो, शिलामा राख्न खोजेथ्यो
चितामा फूलको माला चयन कसले गरेको हो ?

बहर – हजज मुसम्मन सालिम
अर्कान : मुफ़ाईलुन मुफ़ाईलुन मुफ़ाईलुन मुफ़ाईलुन
वजन : १२२२, १२२२, १२२२, १२२२
काफिया : अन्
रदिफ : कसले गरेको हो

वि.सं.२०८१ साउन १९ शनिवार ०५:२२ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...