काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज तोलामा १४ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार सुनको मूल्य तोलामा १ लाख ४६ हजार ३०० रुपैयाँ कायम भएको छ । मंगलबार पनि सुनको मूल्य घटेर तोलाको १ लाख ४७ हजार ७०० रुपैयाँ कायम भएको थियो ।
महासंघका अनुसार सोमबार तोलामा १ लाख ५० हजार रुपैयाँ रेकर्ड कायम भएको छापावाल सुन मंगलबार एकै दिन २ हजार ३०० रुपैयाँ घटको थियो । सोमबारदेखि बुधबारसम्म आइपुग्दा सुनको मूल्य तोलामा ३ हजार ७०० रुपैयाँ घटेको छ ।
यसैगरी, आज चाँदीको मूल्य तोलाको १ हजार ७१० रुपैयाँमा कायम भएको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ७२५ रुपैयाँ कायम थियो ।
त्यस्तै महासंघका अनुसार आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २५ हजार ४३० रुपैयाँ तोकेको छ । साथै प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ४६६ रुपैयाँ छ ।
वि.सं.२०८१ साउन २३ बुधवार १३:०३ मा प्रकाशित




























