back
CTIZAN AD

गेटा अस्पतालद्वारा अन्तरङ्गसहित विविध सेवा विस्तार

वि.सं.२०८१ साउन २४ बिहीवार

840 

shares

अत्तरिया (कैलाली) । गोदावरी नगरपालिका-५ गेटास्थित गेटा अस्पतालले अन्तरङ्गसहित विविध सेवा विस्तारको तयारी प्रायः पूरा गरेको छ । गत वर्षदेखि वरिरङ्ग सेवा सुरु गरेको सो अस्पतालले चालु आर्थिक आगामी भदौदेखि विविध सेवा विस्तारको तयारी गरेको हो ।

अस्पतालले सुदूरपश्चिममै पहिलो पटक ‘मेमोग्राफी’ सेवा सुरु गर्न लागेको अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीले जानकारी दिए ।

“मेमोग्राफी सेवाका लागि आइसकेको छ । जडान पनि भइसकेको छ । भदौको पहिलो साताभित्र सेवा सञ्चालन गर्ने लक्ष्य छ”,उनले भने । स्तन क्यान्सर निक्र्यौल गर्न यो यन्त्र प्रयोग गरिन्छ । यो सेवा सुदूरपश्चिममा अन्त कुनै ठाउँमा छैन । ”

आगामी महिनादेखि अस्पतालले बिरामीलाई अस्पतालमा नै राखेर उपचार गर्ने उनले जानकारी दिने । उनले भने,“अब इन्डोर सेवा पनि सञ्चालन गर्नेछौँ ५० शय्याको स्वीकृति पाएका छौँ ।”

भदौ पहिलो सातादेखि २४ सैँ घण्टा आकस्मिक तथा सामान्य शल्यक्रिया सेवा पनि प्रवाह गरिने अस्पतालका निर्देशक डा विप्लव सापकोटाले जानकारी दिए । कार्डियोग्राफी सेवा पनि सञ्चालन हुने उनले बताए । अस्पतालमा १० जना विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी गरी ६५ जना सेवारत छन् ।

वि.सं.२०८१ साउन २४ बिहीवार ११:१२ मा प्रकाशित

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

काठमाडौं । नर्सिङ क्षेत्रको सुधार र पेशागत अधिकार सुनिश्चित गर्न...

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...