back
CTIZAN AD

यसरी गरौँ गुप्ताङ्गको सरसफाइ 

वि.सं.२०८१ साउन २७ आइतवार

1.5K 

shares

काठमाडौँ । मानिसको शरीरका विभिन्न अङ्गमध्ये यौनाङ्ग अति संवेदनशील अङ्ग हो । वरपरका छाला एकदमै संवेदनशील हुने भएकाले यौनाङ्गको उचित सरसफाइ र ख्याल राख्नु आवश्यक छ ।

उचित सरसफाइको अभावमा व्यक्तिमा विभिन्न समस्याहरू निम्तिन सक्ने सम्भावना रहन्छ । तुलनात्मक रूपमा हेर्ने हो भने महिलाहरू पुरुषभन्दा बढी यौन समस्याका सिकार हुने गर्छन् । महिनावारी, योनी स्राव तथा प्रजननका कारण महिलाहरू आफ्नो जीवनकालमा यौन समस्याका सिकार भइरहन्छन् ।

अधिकांशमा सरसफाइको कमीले यौन समस्याको सिकार हुनु प्रमुख कारण हो ।
अझ महिलाको गुप्ताङ्गको सम्बन्ध प्रत्यक्ष रूपमा पाठेघरसँग रहेको हुँदा यसप्रतिको बेवास्ताले महिलामा गर्भाशय सम्बन्धी विभिन्न समस्या देखा परी पाठेघरको क्यान्सरको जोखिम बढाउँछ । त्यसैले, यस्ता समस्याबाट बच्नकै लागि महिलाले आफ्नो यौनाङ्गको सरसफाइमा उचित रूपमा ध्यान दिनुपर्छ ।

सरसफाइ गर्ने उपायहरू 

-योनाङ्ग दैनिक रूपमा सरसफाइ गर्ने रुटिङ बनाउने ।

-महिनावारीका समय दिनमा पटक-पटक यौनाङ्ग सफा गर्ने ।

-योनाङ्गमा बास्नादार सेन्ट वा साबुनको प्रयोग नगर्ने ।

-सफा तथा मनतातो पानीले दैनिक सफा गर्दा कीटाणु रहने डर हुँदैन ।

-पानीले सफा गरेपछि सुख्खा कपडाले उक्त क्षेत्रलाई पुछेर सुख्खा राख्ने ।

-भित्री वस्त्र नियमित परिवर्तन गर्ने ।

-यौनाङ्ग नपोलोस् भनेर सुतीको अन्डरवेयर प्रयोग गर्ने ।

-महिनावारीको समयमा रगत नबगे पनि ३-४ घण्टाको अवधिमा प्याड परिवर्तन गर्ने ।

-नयाँ पेन्टीको प्रयोग पनि धोएर मात्रै गर्ने ।

-नुहाएपछि वा स्विमिङ गरेपछि कपडा तुरुन्त परिवर्तन गर्ने ।

 

वि.सं.२०८१ साउन २७ आइतवार १७:४४ मा प्रकाशित

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

काठमाडौं । १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंस्थित विशाल मिलन...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

काठमाडाैँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...