back
CTIZAN AD

व्यवसायिक अकाउन्टीङ तालिमका विद्यार्थीलाई सम्मान तथा बधाई

वि.सं.२०८१ साउन २८ सोमवार

900 

shares

बुटवल। नेपालमै पहिलोपटक करिब ५ बर्षअगाडि व्यवसायिक अकाउन्टीङ तालिम कोर्षको बिकास गरि युवाहरूलाई स्वरोजगार बनाउने महाअभियान सहित सन्चालन भएको डस मल्टिसर्भिसले विद्यार्थीलाई सम्मान तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ ।

सो संस्थाले आम्रमाली कटेज बुटवलमा आइतबार बृहत कार्यक्रमको आयोजना गरि विद्यार्थीहरुलाई धन्यवाद तथा बधाई कार्यक्रम सम्पन्न गरेको हो ।

व्यवसायिक अकाउन्टीङ तालिम लिदै गरेका ५३ जना विद्यार्थीको उपस्थिति, पूर्व उत्कृष्ट पाँच विद्यार्थीको बिशेष उपस्थितिको बिच हाल तालिम लिदै गरेका विद्यार्थीले कक्षा १२ उतिर्ण गरेकोमा बधाई तथा सबैभन्दा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार बितरण गरिएको छ भने तालिम लिईसकेर यहि बजारमा विभिन्न सस्थामा कार्यरत विद्यार्थीहरुलाइ धन्यवाद पत्र प्रदान गरिएको छ ।

बिबिध सास्कृतिक कार्यक्रम सहित सन्चालन भएको कार्यक्रममा बुटवल कालिका क्याम्पसका प्रमुख घनश्याम पाठक प्रमुख अथितिको रुपमा उपस्थित थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाठकले विद्यार्थीहरुले सिकेको सैद्धान्तिक ज्ञानलाई प्राक्टिकल गराई सक्षम जनशक्ति तयार गर्नुपर्ने आजको आवस्यकता रहेको र उक्त कुरालाई डसले सम्बोधन गरेकोमा खुसी व्यक्त गरे । उनले विद्यार्थीले यो समाज परिवर्तनको लागि अब पहल लिनुपर्ने र आजको बिज्ञान प्रबिधिको समयलाई चिनेर अगाडि बढ्न सुझाव समेत दिएका थिए ।

कार्यक्रममा बिशिष्ठ अथितिहरु घनश्याम चापागाईंले युवाहरूलाई मोटिभेसन गरेका थिए भने समाजसेवी बिमलराज भट्टराईले डसले थालेको यो अभियानमा साथ दिदै सीपयुक्त जनशक्तिको बजारमा अहिले पनि ज्यादै अभाव रहेको बताए । कार्यक्रमको अध्यक्षता डसका प्रेसिडेन्ट सुन्दर पाण्डेले गरेका थिए ।

विद्यार्थीहरुको निकै प्रतिभाहरुको प्रस्तुति रहेको कार्यक्रममा स्वागत मन्तव्य विद्यार्थी कबित भट्टले गरेका थिए भने तुलसी भट्टराई, प्रीती रायमाझीले साङ्गितिक मनोरञ्जन प्रदान गरेका थिए । डसले पुर्व विद्यार्थीहरु, दीपक भन्डारी, झरना राना, सुरज ज्ञवाली, समीर पान्डे, शारदा श्रेष्ठ, रबिन रिजाललाई विभिन्न बिधागत सम्मान गरेको छ ।

प्रोफेसनल अकाउन्टिङ तालीम सन्चालन गर्ने, युवाहरूलाई स्वरोजगार बनाउने अभियानको थालनी गर्ने सस्थाका म्यानेजिङ डाइरेक्टर छबिलाल डुम्रेले कार्यक्रमको समन्वय तथा सन्चालन गरेका थिए कार्यक्रममा पुर्व विद्यार्थीहरुले आफुले डसबाट पाएको तालिम र त्यसपछिका दिनहरूबारे आफ्नो धारणा राखेका थिए।

 

वि.सं.२०८१ साउन २८ सोमवार १०:४९ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...