back
CTIZAN AD

यौन इच्छालाई तीव्र यसरी बनाउनुहोस्

वि.सं.२०८१ साउन २८ सोमवार

1.8K 

shares

काठमाडौँ । दम्पती मध्ये कुनै बेला एक जनालाई यौन चाहना हुन्छ । तर, अर्कोलाई चासो हुँदैन । यसले कयौँ दिन, हप्ता र महिनासम्म दम्पतीले यौन जीवन आनन्दमय बनाउन सकेका हुँदैनन् । यदि तपाईँ पनि यस्तै समस्याबाट गुज्रिरहनुभएको छ भने कामेच्छाको सही कारण र यससँग जोडिएका गलत कुराको जानकारी लिन जरुरी छ ।

तनावले मात्र यौन इच्छामा कमी आउँदैन

कामको बोझ र धेरै बेरसम्म कार्यालयको काममा मात्र व्यस्त रहनाले व्यक्तिलाई तनाव बढाउँछ । यसलाई यौन इच्छामा कमी ल्याउने कारक मानिन्छ । यसले दम्पतीबिच नकारात्मक सोचको पर्खाल निर्माण गरिदिन्छ । उनीहरू पहिलाको जस्तो माया नपाएको जस्तो भ्रममा पर्छन् । यसले पुरुषलाई आफ्नो यौन शक्ति प्रति नै चिन्ता बढ्न थाल्छ । यसले स्थिति अझ बिग्रिँदै जान्छ ।

वैवाहिक जीवनमा यौन शक्तिमा उतारचढाव आउन सक्छ । यस कारण पुरै दोष तनाव मात्र हुन सक्दैन । यसका साथै व्यस्त जीवनशैली, खानपानमा आएको परिवर्तनले पनि यौन जीवनमा नकारात्मक असर पारिरहेको हुन्छ । यसबाहेक पार्टनर बिच वार्तालाप नहुँदा पनि दुई जनाबिचको दूरी बढ्दै जान्छ । त्यसले दम्पतीबिच यौनसम्बन्धी वार्तालाप खुलेर हुनुपर्छ । यसले तनावलाई कम गरिदिन्छ । मन निकै शान्त हुन्छ र रिल्याक्स महसुस गराइदिन्छ । यसबाट पनि समस्या समाधान नभएमा र यौन जीवनमा तनाव हाबी भइरहेमा परामर्शदाता एवं सेक्स थेरापिस्टसाग सल्लाह लिनुपर्छ ।

पर्याप्त निद्रा र सकारात्मक चिन्तनले यौन इच्छा जगाउँछ

धेरै व्यक्ति महिलामा कामेच्छामा कमी ल्याउने हर्मोन्स जिम्मेवार भएको सोच्छन् । यो सबै साँचो होइन । आपसी झगडा, मनमुटाव, कम्युनिकेसन ग्याप आदि यसको कारण बन्न सक्छ । कामेच्छाको सबैभन्दा महत्त्वपूर्ण कारण पर्याप्त निन्द्राको अभाव पनि हो । हरेक व्यक्तिले दैनिक ६-७ घण्टा सुत्नुपर्छ । यसका साथै हाम्रो मानसिक स्वास्थ्य गलत खानपान एवं थकान पनि यसको जिम्मेवारी पक्ष हो ।

आफ्नो पार्टनरसँग सम्बन्ध कस्तो छ ? भन्ने कुरामा महिलाको सेक्स इच्छा निर्भर गर्छ । हीन भावना र नकारात्मक सोचको सिकार बनेका महिलाहरूमा सेक्स इच्छा कम हुन्छ । त्यसैले नकारात्मक सोचबाट महिलालाई बदल्न र आत्मविश्वास बढाउन पुरुषको जिम्मेवारी महत्त्वपूर्ण हुन्छ । यसका लागि सँगै बसेर संवाद गर्नुपर्छ । यसबाट वैवाहिक सम्बन्ध सुमधुर बन्छ ।

औषधि मात्र यौन क्षमता बढाउने उपाय होइन

औषधि हमेसा अन्तिम विकल्पका रूपमा राख्नुपर्छ । किनभने कुनै बेला यसको नकारात्मक असर पनि पर्न सक्छ । त्यसैले सबैभन्दा पहिले समस्याको कारण पत्ता लगाउनु पर्छ र यो समस्यालाई भगाउने कोसिस गर्नुपर्छ । कुनै बेला सम्झाउनाले पनि समस्या हल हुनसक्छ ।

आजका कामकाजी महिलाहरूको व्यक्तिगत एवं पेसागत स्तर आफैले समाधान गर्नुपर्छ । अफिसको टेन्सन, घरमा बालबच्चा सम्हाल्नुपर्ने एव. घर गृहस्थी जिम्मेवारी आदिलाई सन्तुलनमा राख्दाराख्दै उनीहरू धेरै थाक्छन् । यसले उनीहरूमा सेक्स इच्छा दबेर रहेको हुन्छ । यस्तो अवस्थामा पार्टनरले धेर थोर जिम्मेवारी लिएर माया दिएमा समस्या समाधान हुन्छ । यसका लागि धैर्य जरुरी छ ।

अल्कोहलबाट टाढा रहनुहोस्

कमेच्छामा कमी आएमा चुरोट एवं मादक पदार्थ पिउने गरिन्छ, तर शरीरमा यसको नकारात्मक असर परिरहेको हुन्छ । चुरोटमा अनेकाैँ प्रकारका हानिकारक तत्त्व पाइन्छ यसले नपुंसकता पैदा गरिन्छ । यसका साथै अल्कोहलको सेवन गर्दा यौन इच्छामा कमी आउँछ । त्यसैले तपाई पनि स्वस्थ यौन जीवन चाहनुहुन्छ भने चुरोट र अल्कोहलबाट टाढा रहनुपर्छ ।

पार्टनरसँग रोमान्टिक बन्नुहोस्

भावनात्मक अन्तरङ्गले आदानप्रदान गर्ने दम्पती आफू सुरक्षित भएको महसुस गर्छन् । तर कहिलेकाहीँ भावनात्मक अन्तरङ्ग यति धेरै बढिदिन्छ कि उसमा सेक्सको जरुरत महसुस भइदिन्छ । तर उसमा कामवासना जागृत हुँदैन । कामेच्छामा कमीका कारण ठिकसँग यौन जीवनको आनन्द उठाउन पाउँदैनन् ।

पार्टनरमा सेक्स विशुद्ध रुटिनमा मात्र सीमित भइदिन्छ । त्यसैले यस्तो हुन नदिन पार्टनरसँग सेक्सी र रोमान्टिक कुरा गर्नुस्, बेड रुमको माहौल रमाइलो बनाउनुस्, हल्का म्युजिक, सेक्सी ड्रेस पहिरिएर पार्टनरलाई प्रभावित पार्नुस् । सेक्सुअल लाइफलाई रिचार्ज गर्नलाई केही दिनका लागि घरदेखि टाढा कुनै रमाइलो जग्गामा केही समय बिताउनुस् ।

वि.सं.२०८१ साउन २८ सोमवार १७:५७ मा प्रकाशित

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal...

१३औँ विश्व अटिजम सचेतना दिवस विविध कार्यक्रमसहित मनाइँदै

१३औँ विश्व अटिजम सचेतना दिवस विविध कार्यक्रमसहित मनाइँदै

काठमाडौं ।  १३औँ विश्व अटिजम सचेतना दिवस नेपालसहित विश्वभर विभिन्न...

सिरुबारीमा मारुत मिसन अभियानः शिक्षकहरूले पाए ’क्वान्टम ऊर्जा’ र ’परा–शिक्षा’को दुर्लभ दीक्षा

सिरुबारीमा मारुत मिसन अभियानः शिक्षकहरूले पाए ’क्वान्टम ऊर्जा’ र ’परा–शिक्षा’को दुर्लभ दीक्षा

स्याङ्जा । गण्डकी प्रदेशको पवित्र पर्यटकीय स्थल सिरुबारीस्थित श्री त्रि–शहीद...

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

काठमाडौँ । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा...

गम्भीर बिरामी उद्धारमा क्रान्ति: अन्तर्राष्ट्रिय ‘रिट्रिभल मेडिसिन’ तालिम नेपालमै सम्पन्न

गम्भीर बिरामी उद्धारमा क्रान्ति: अन्तर्राष्ट्रिय ‘रिट्रिभल मेडिसिन’ तालिम नेपालमै सम्पन्न

ललितपुर । नेपालमै पहिलो पटक आयोजना गरिएको ‘एड्भान्स ट्रेनिङ एण्ड...