back
CTIZAN AD

संसदमा विपक्षी दलका सांसदहरुको विरोध

वि.सं.२०८१ साउन २९ मंगलवार

741 

shares

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका केही सांसदले बोल्दाबोल्दै विद्युत् अवरुद्ध भएपछि त्यसको विरोध गरेका छन् ।

बैठकको आकस्मिक समयमासांसद हरि ढकालले आफू बोलिरहेका बेला ‘माइक’ काटिएको भन्दै विरोध जनाए । विद्युत् महसुलका विषयमा बोलिरहँदा माइकको लाइन काटिएपछि उनले आफ्ना भनाइ राख्न पाउनुपर्ने माग गरेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले विद्युत् महसुलको विषयमा बोल्दाबोल्दै माइक काटिएको हुनाले समय तोकेर सांसद ढकाललाई बोल्न दिनुपर्ने माग गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताका प्रतिनिधिले जनताका चासोबारे बोल्न पाउनुपर्ने माग गरे । बैठक केहीबेर अवरुद्ध भएपछि अहिले सञ्चालन भएको छ ।

त्यसअघि, सभामुख देवराज घिमिरेले आफूहरुले बनाएको नियमावलीअनुसार बैठकलाई मर्यादित ढङ्गले सञ्चालनमा सघाउन सांसदहरुसँग अनुरोध गरेका थिए ।

वि.सं.२०८१ साउन २९ मंगलवार १४:१० मा प्रकाशित

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

काठमाडौँ । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई साधनमार्फत...

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

देवचुली । रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोमा परी नारायणी...

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोजी,...

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला । भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि...

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

काठमाडौं । कानुनमन्त्री शोभिता गौतमले हरेक वर्ष दोहोरिइरहेका विपद्का घटनापछि...

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

ख्वप (भक्तपुर) । इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोतमलोचन श्रेष्ठ...