back
CTIZAN AD

आई.एम.ई. लाइफको बीमा साक्षरता कार्यक्रम सम्पन्न

वि.सं.२०८१ साउन २९ मंगलवार

1.1K 

shares

काठमाडौं । आई. एम.ई लाइफ इन्स्योरेन्सको सातौं वार्षिकोत्सवको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत दोस्रो दिन बीमाको क्षेत्रमा साक्षरता बढाउने उद्देश्यका साथ कम्पनीले सोमबार सातवटै प्रदेशका विभिन्न शैक्षिक प्रतिष्ठान तथा संस्थाहरुमा बीमा साक्षरता जागरण अभियान सम्पन्न गरेको छ । कम्पनीको स्थापना भएको सातौं वर्ष पुरा गरेको अवसरमा मुलुकभर बीमा साक्षरता जागरण अभियान सन्चालन गरिएको हो ।

कम्पनीले बीमा क्षेत्रको समग्र विकास एवं विस्तारको लागि विद्यालय तथा क्याम्पसमा अध्ययनरत विद्यार्थी, विभिन्न संस्थाहरुमा कार्यारत कर्मचारीहरुलाई लक्षित गरी बीमा साक्षरता जागरण अभियान सञ्चालन जनाएको छ । नेपालको बीमा क्षेत्रको नियामक निकाय बीमा प्राधिकरणको निर्देशनलाई आत्मसात गर्दै बीमा साक्षरता जागरण अभियान गरिएको कम्पनीले जनाएको छ ।

महेन्द्रनगर स्थित कञ्चनपुर गर्लस होस्टेल, भिमाद स्थित रिसिङ पाटन, चापागाँउ स्थित देवि बहुमुखी क्याम्पस, डडेल्धुरा स्थित भिमदत्त बहुमुखी क्याम्पस, सातदोबाटो स्थित सशस्त्र प्रहरी बल, टिकापुर स्थित टिकापुर बहुमुखी क्याम्पस, अत्तरिया स्थित होलिल्याण्ड उच्च मा. वि., कैलाली स्थित लम्की बहुमुखी क्याम्पस, तनहुँ स्थित भानुभक्त बहुमुखी क्याम्प्स, लगायत मुलुकभर विभिन्न शैक्षिक प्रतिष्ठान तथा संस्थाहरुमा उक्त बीमा साक्षरता जागरण कार्यक्रम गरिएको कम्पनीद्वारा जारि प्रेस विज्ञप्तिमा जनाइएको छ ।

बीमा साक्षरता कार्यक्रममा बीमा सम्बन्धी प्रचलित ऐनका साथै बीमाको महत्व र राष्ट्र विकासमा बीमाको महत्वपूर्ण भूमिकाको विषयमा जानकारी दिइएको थियो ।

वि.सं.२०८१ साउन २९ मंगलवार १४:२० मा प्रकाशित

भोटेकोशी बाढीपीडितका लागि आइएमई ग्रुपले १० करोड सहयोग गर्ने

भोटेकोशी बाढीपीडितका लागि आइएमई ग्रुपले १० करोड सहयोग गर्ने

काठमाडौं । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित...

नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग

नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग

काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढी तथा प्राकृतिक...

आइएमई लाइफ इन्स्योरेन्सको दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोगको प्रतिबद्धता

आइएमई लाइफ इन्स्योरेन्सको दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोगको प्रतिबद्धता

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी...

रिलायबल नेपाल लाइफको व्यापारमा उल्लेख्य वृद्धि

रिलायबल नेपाल लाइफको व्यापारमा उल्लेख्य वृद्धि

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को...