back
CTIZAN AD

कृष्ण दमाईमार्फत पुराण लगाउने समाजसेवी हेम थापाको घोषणा

वि.सं.२०८१ साउन २९ मंगलवार

9.4K 

shares

काठमाडौँ । सामाजिक अभियन्ता तथा समाजसेवी हेम थापाले आचार्य कृष्ण दमाईको उपस्थितिमा पुराण लगाउने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस मार्फत नेपाल फर्केको समय बुवा, आमा र भाउजूको नाममा पुराण लगाउने जनाएका हुन् ।

उनले आइतबार स्ट्याटसमा लेखेका छन्, ‘नेपाल गएको बेला बुबा, आमा र भाउजूको नाममा पुराण लाउने सुरमा छु । त्यो पुराणको ड्यासमा मिलेसम्म महाराज कृष्ण दमाईलाई राख्ने छु ।’

तेह्रथुम मेन्छयेयाम गाउँपालिका छिकिदिम घर भएका हेम थापा १९ वर्ष देखि अमेरिकामा बस्दै आएका छन् । तर, उनले हेम थापाले हेम एन्ड माया फाउन्डेसन नाम संस्था स्थापना गरेर नेपालमा सेवा गर्दै आएका छन् । उनले आफ्नो संस्था मार्फत लाखौँ अपाङ्ग, रोगी, वृद्ध वृद्धा, बेसहारा लगायतलाई आर्थिक तथा भौतिक सहयोग गरिसकेका छन् ।

थापाले फेसबुक लाइभमा आएर कृष्ण दमाईले पशुपतिमा गरेको प्रवचनले आफूलाई हर्ष विभोर बनाएको बताए । उनले आफू पुरतनवादी जातपातको विरुद्धमा रहेको भन्दै त्यसलाई चिर्न कृष्ण दमाईलाई बोलाएर पुराण लगाउने इच्छा जागेको बताए ।

‘समय उपलब्ध हुन सकेमा पुराणको ड्यासमा महा गुरु कृष्ण दमाईलाई राख्ने छु । उहाँ मार्फत पुराण लगाउने सोचेको छु ।’ थापाले भने, ‘उहाँलाई सम्मान छ । हामी जातभातमा नलागौँ । हाम्रो जात महिला र पुरुष हो । जसले जातभातको कुरा गर्छ त्यो विखण्डनकारी र देशद्रोही हो ।’ उनले विकसित देशमा रङ्गको आधारमा विभेद भएपनि जातको आधारमा विभेद नहुने गरेको बताए । थापाले नेपाली एउटै फूलबारीका साझा फुल भएकाले मिलेर बस्नुपर्नेमा जोड दिए ।

‘जातपातका आधारमा विभेद सिर्जना गरिदिने विदेशीको षड्यन्त्र हो । यो विभेद रहयो भने नेपाल विखण्डन हुन्छ ।’ थापाले थपे, ‘कानुन कुल्चनेलाई कानुनी निकायले सजाय दिन्छ । कानुन हातमा लिएर अराजक शैलीमा कसैलाई कुटपिटमा उत्रनेहरूको घोर निन्दा गर्दछु ।’

उनले राम्रो कुराको सुरुवात र परिवर्तन आफैबाट सुरु गर्नुपर्ने बताएका छन् । थापाले करिब २५ वर्ष अगाडि दलित समुदायको घरमा मासु भात खाएर परिवर्तनको सुरुवात गरेको बताए । उनले सार्वजनिक भोजमा दलित समुदायका व्यक्तिलाई पनि भान्सेका रूपमा सामेल गराउनुपर्नेमा सङ्घर्ष गर्दै आएको दाबी गरे ।

 

वि.सं.२०८१ साउन २९ मंगलवार १७:०३ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...