back
CTIZAN AD

मुक्तक

वि.सं.२०८१ भदौ १ शनिवार

1K 

shares

सुनिल अधिकारी
स्वयम्भू डल्लु, काठमाडौं

१.
अव्यक्त सारा भावनाहरूले मूर्त रूप लिए जस्तै
जन्मौंको प्यास मानौं एकै घुट्कोमा पिए जस्तै
जिउने ढङ्ग नजान्दा जिन्दगी थोरै लाग्न सक्छ
जान्नेलाई एकै जीवन, हजार जीवन जीए जस्तै !

२.
आफूले चाहेको जस्तो संसार बदलिने भए
बोलेको कुरा जस्तो विचार बदलिने भए
कति धेरै चेहराहरू नाङ्गीन्थे होलान् यहाँ
मन बदलिएको जस्तो अनुहार बदलिने भए !

३.
सत्कर्म गर्ने चाहना सब मन पवित्रबाट उठोस्
भलो गर्ने भावना अन्तःकरण भित्रबाट उठोस्
अग्लो त छायाँ पनि हुन्छ, मनले ठूलो हुनू
बास्ना तिम्रो शरीर होइन, चरित्रबाट उठोस् !

४.
धेरै बिन्ति गरें काललाई मान्छ कि भनेर
मलाई पनि बरु आफूसँगै लान्छ कि भनेर
तिमीलाई जस्तै धेरै माया गरें दुःखलाई पनि
तिमीले जस्तै मलाई छोडी जान्छ कि भनेर !

५.
चिरा परेको छ यो मन, बाहिर खुशी झल्किएपनि
धुवाँ बाहिर देखिन्न कतै, भित्र मन सल्किएपनि
पारखी मन पो चाहिन्छ, हीरा र कीरा चिन्नलाई
यो मन जस्तो त्यो मन छैन जतिसुकै टल्किएपनि !

वि.सं.२०८१ भदौ १ शनिवार ०५:१३ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...