back
CTIZAN AD

कविता : सेतो कालो

वि.सं.२०८१ भदौ १ शनिवार

1.2K 

shares

भुवन शिवाकोटी ‘चौघरे’
काठमाडौ

नसोचेको समय आयो
चुलोबाट
कोइला भनेर आगो टिप्नेहरू
आफ्नै दलानमा
हात जलेर उफ्रिदैछन्

अर्कोतिर
उही दलानमा
अँगालोभरी कालो कोइला बोकी बोकी
कोइला सेतो छ भन्नेहरू छन्

विवादको दलानमा
सेतो कोइला कालो देखिएको दिन
अँगार चिन्नेहरू

अँगार चिन्दा चिन्दै नचिने झैं गर्नेहरूको माझमा
हामीले
पर्गेल्नु छ दुधको मनितो

सिमा रेखाको चेपे नदीमा
आमाले बगाएको स्तनधारा बगिरहेछ
वा
कालामाटी मिसिएको छ
वा
रगतको रङ् नै फेरिएको हो
र उनीहरू
एउटै कुरा
कोही सेतो देखिरहेछन्
कोही कालो देखिरहेछन् ।

वि.सं.२०८१ भदौ १ शनिवार ०५:१५ मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...