back
CTIZAN AD

कविता : सेतो कालो

वि.सं.२०८१ भदौ १ शनिवार

1.1K 

shares

भुवन शिवाकोटी ‘चौघरे’
काठमाडौ

नसोचेको समय आयो
चुलोबाट
कोइला भनेर आगो टिप्नेहरू
आफ्नै दलानमा
हात जलेर उफ्रिदैछन्

अर्कोतिर
उही दलानमा
अँगालोभरी कालो कोइला बोकी बोकी
कोइला सेतो छ भन्नेहरू छन्

विवादको दलानमा
सेतो कोइला कालो देखिएको दिन
अँगार चिन्नेहरू

अँगार चिन्दा चिन्दै नचिने झैं गर्नेहरूको माझमा
हामीले
पर्गेल्नु छ दुधको मनितो

सिमा रेखाको चेपे नदीमा
आमाले बगाएको स्तनधारा बगिरहेछ
वा
कालामाटी मिसिएको छ
वा
रगतको रङ् नै फेरिएको हो
र उनीहरू
एउटै कुरा
कोही सेतो देखिरहेछन्
कोही कालो देखिरहेछन् ।

वि.सं.२०८१ भदौ १ शनिवार ०५:१५ मा प्रकाशित

चिया

चिया

कोपिला बर्देवा, काभ्रे चियाको त्यो गाढा रङसँगै हल्का चिनी दुईचार...

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

काठमाडौं । राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव’ अन्तर्गत...

झिल्का कविता

झिल्का कविता

बाबुराम गौतम, गुल्मी १. महङ्गीले छोयो आकाश गरिबले सजाएका सपना...

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कृष्णप्रसाद पौडेल ''जस्ताधरे'' विदुर - ४, बट्टार, नुवाकोट अनेक श्रेष्ठ...

चारु

चारु

मन्दा पौडेल, काठमाडौँ शाश्वत छ,न त ऊ हार मान्छ,न कोहीसँग...

सुसेली

सुसेली

सुशीला पौडेल, कोटेश्वर १ आमाको माया हुनेछैन कहिल्यै कसैमा छाया...