back
CTIZAN AD

लघुकथा : विषवृक्ष

वि.सं.२०८१ भदौ १ शनिवार

2.1K 

shares

मनीषकुमार शर्मा ‘समित’
मध्यपुर ठिमी, भक्तपुर

चिन्तित गाउँले समस्याको निराकरणको लागि महात्मा कहाँ गए ।

‘गुरु हामी समस्याले घेरिएका छौं । गाउँको बिच रहेको त्यो ठुलो वृक्षले विष बमन गरेर पुरै गाउँ त्रसित बनाएको छ । समस्या समाधानको लागि हामीले त्यो विषालु रूखको हाँगा काट्यौँ तर पनि समस्या ज्युँका त्युँ रह्यो ।’

सबै कुरा सुने बुझे पछि महात्माले मुसुक्क हाँस्दै जवाफ दिए–

‘यो विषको भण्डार त जरामा छ, तिमीहरू हाँगा काट्दै छौ ।’

‘हो र गुरु? हामी पनि कति बुद्धु रहेछौं, जरैदेखि काट्नु पर्ने हाँगा मात्र काटेछौं ।’ यति भन्दै गाउँले फर्किए हाले । उनीहरू हतारोमा थिए । महात्माका बाकीँ कुरा सुन्न चाहेनन ।

उनीहरू फर्कने बित्तिकै गुरुले सुस्तरी भने –

‘अल्पज्ञानं अपायकरं भवति’

नजिकै रहेको चेलाले आश्चर्य हुँदै सोधे– ‘किन र गुरु ? त्यो विषवृक्षलाई जरैदेखि उखाले भने समस्या समाधान हुँदैन र?’
‘तिमीले पनि कुरा बुझेनौ । वास्तवमा विष त्यो वृक्षमा हैन उनीहरूको मनमा जरो गाडेर बसेको छ ।’

वि.सं.२०८१ भदौ १ शनिवार ०५:१७ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...