back
CTIZAN AD

गजल

वि.सं.२०८१ भदौ १ शनिवार

939 

shares

किशोर कोइराला
इनरुवा, सुनसरी

म खोज्दै छु आफैँ मलाई मभित्र
सलेदो बिना दिल जलाई मभित्र

भुली कर्म बिश्राममा अल्झियो मन
कहाँ हुन्छ मेरो भलाई मभित्र

हृदयको कुनाबाट दैलो उघार्दै
व्यथा भित्रियो सलबलाई मभित्र

चिताझैँ खरानी थुपार्दै छ जीवन
चुरो जिन्दगीको गलाई मभित्र

पुरानो कथा छल्कियो सम्झनामा
जमेको तलाउ चलाई मभित्र।

बहर : मुतकारिब मुसम्मन सालिम
अर्कान : फ़ऊलुन फ़ऊलुन फ़ऊलुन फ़ऊलुन
वजन : १२२, १२२, १२२, १२२

वि.सं.२०८१ भदौ १ शनिवार ०५:१९ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...