back
CTIZAN AD

सुसेली

वि.सं.२०८१ भदौ १ शनिवार

1.1K 

shares

रामशरण न्यौपाने, भक्तपुर

छैनन् पछाडि
त्याग भोग दुवैमा
शिव अगाडि।१

शिव मन्दिर
जानसके मेटिन्छ
मनको पिर।२

थियो चिहान
शिवजीले धर्तीमा
ल्याए बिहान।३

दिव्य दृष्टिको
शिवजी हुन् देवता
नयाँ सृष्टिको।४

ठुलो मानमा
कैलासमा शिवजी
बस्छन् सानमा।५

गर्छन् वरण
देव दैत्य शिवको
पर्छन् शरण।६

धुनी मुढाको
पार्वती छिन् काखमा
शिव बुढाको।७

अरू को छ र?
करुणाका मूर्ति हुन्
सौम्य शङ्कर।८

चल्दै रीतमा
विष पिए शिवले
लोक हितमा।९

राम भक्ति छ
सत्यं शिवं सुन्दरम्
शिवशक्ति छ।१०

वि.सं.२०८१ भदौ १ शनिवार ०५:२३ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...