back
CTIZAN AD

गजल

वि.सं.२०८१ भदौ १ शनिवार

1.1K 

shares

अरुण खड्का
किर्तिपुर, काठमाडौं

नसोधी नबोली चियाएर जान्छ्यौ
बनाएर कैदी लडाएर जान्छ्यौ

भयो भाग्य यस्तै सही बस्छु साथी
लगाएर आगो जलाएर जान्छ्यौ

सजाएर दिलमा कुनै चित्र राखेँ
निकालेर झारी फुटाएर जान्छ्यौ

थिँए आज मौका म पर्खी बसेको
चलाएर कैँची दुखाएर जान्छ्यौ।

तिमी माथि हुन्थ्यौ सधैँ नै मभन्दा
बिसाएर भारी रुवाएर जान्छ्यौ।

बहर : मुतकारिब मुसम्मन सालिम
अर्कान : फ़ऊलुन फ़ऊलुन फ़ऊलुन फ़ऊलुन
वजन : १२२, १२२, १२२, १२२

वि.सं.२०८१ भदौ १ शनिवार ०५:२५ मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...