back
CTIZAN AD

एक वर्षमा १७ किलोमिटर सडक कालोपत्र

वि.सं.२०८१ भदौ ३ सोमवार

618 

shares

दमौली (तनहुँ) । पूर्वाधार विकास कार्यालय तनहुँले एक वर्षमा १७ दशमलव सात किलोमिटर सडक कालोपत्र गरेको छ । कार्यालयले गत आर्थिक वर्षमा ३० किमी सडक कालोपत्र गर्ने लक्ष्य राखेकामा १७ दशमलव सात किमी कालोपत्र गरिएको जनाएको छ ।

कार्यालय प्रमुख कृष्ण आचार्यका अनुसार आर्थिक वर्ष २०७९÷८० मा ३७ दशमलव तीन किमी सडक कालोपत्र भएको थियो । गत आवमा १० दशमलव पाँच किमी कच्ची सडक निर्माण गर्ने लक्ष्य रहेकामा सात दशमलव छ किमी निर्माण भएको उहाँले जानकारी दिए । उनका अनुसार ४६ किमी ग्राभेल सडक निर्माण गर्ने लक्ष्य रहेकामा ३५ दशमलव दुई, २० किमी चौडाइ गर्ने लक्ष्य रहेकामा १३.२३, ३० किमी नाला निर्माण गर्ने लक्ष्य रहेकामा २४.८२ किमी नाला निर्माण भएको छ ।

गत आवमा १९ हजार ३७ घनमिटर टेवा पर्खाल, छवटा कजवे, चारवटा सडक पुल निर्माण तथा चारवटा भवन मर्मत गरिएको आचार्यले जानकारी दिए । उनका अनुसार अघिल्लो आवमा २७.४ किमी कच्ची सडक, ८८.२५ किमी ग्राभेल, ३७.३ किमी कालोपत्र, ८९.२ किमी चौडाइ विस्तार र ११२.२५ किमी नाली निर्माण गरिएको थियो ।

कार्यालयले गत आवमा १४ बहुवर्षीय योजना सम्पन्न गरेको प्रमुख आचार्यले जानकारी दिए । तीमध्ये दश सडक र चारवटा पुलको योजना रहेका थिए । त्यस्तै ३९ बहुवर्षीय योजना सम्पन्न हुन बाँकी छन् । आचार्यले आर्थिक वर्ष २०७९÷८० मा सडकतर्फ २१, सडक पुलतर्फ पाँच योजना रहेकामा गत आवमा सडकतर्फ २०, सडक पुलतर्फ सात योजना थप भएका बताए । सडकतर्फ ३१, सडकपुलतर्फबाट आठ योजना सम्पन्न हुन बाँकी रहेको उहाँले जानकारी दिए ।

सो अवधिमा सडकतर्फ रु एक अर्ब २५ करोड २९ लाख ८८ हजार बजेट रहेकामा रु एक अर्ब सात करोड पाँच लाख ९० हजार बजेट खर्च भएको छ । सडक पुलतर्फ रु २१ करोड ४२ लाख ७४ हजार बजेट रहेकामा रु १९ करोड ५७ लाख चार हजार बजेट खर्च भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । सहरी विकास तथा भवनतर्फ रु ४० लाख तीन हजार बजेट रहेकामा रु ३० लाख तीन हजार, पुँजीगत अनुसन्धान तथा परामर्शमा रु एक करोड १५ लाख ६० हजार बजेट रहेकामा रु ६० लाख १२ हजार, जनता आवास कार्यक्रममा रु दश लाख बजेट रहेकामा रु ६६ हजार मात्रै बजेट खर्च भएको छ ।

विभिन्न सडक स्तरोन्नति

पूर्वाधार विकास कार्यालयका प्रमुख आचार्यले पसले फौजदारमार्ग स्तरोन्नतिमा रु ३२ लाख छ हजार, ल्होचाडाँडा कृषि पर्यटन सडकमा रु दुई करोड ७५ लाख ४६ हजार, कालिका मार्ग चिलाउने चौतारा हुँदै सुन्दरबजार जाने सडकमा रु एक करोड दुई लाख ९६ हजार, छाङ थर्पु मोटरमार्ग स्तरोन्नतिका लागि रु ५३ लाख ७६ हजार खर्च भएको जानकारी दिए । उनका अनुसार तालघरे दुम्सीचौर पोख्रेलफाँट मार्गमा रु एक करोड ३३ लाख ८३ हजार, वाराही रानी मार्ग स्तरोन्नतिमा रु दुई करोड ५७ लाख ३२ हजार, कोटसडक कालीमार्ग सडकमा रु ८० लाख ६९ हजार खर्च भएको छ ।

भीमगोफा कृषि सडकमा रु ७१ लाख छ हजार, सालिग्राम कोरिडोर लोकमार्गमा रु नौ करोड एक लाख ७६ हजार, बरादी गिरानचौर हिलेखर्क सडकको डुम्रीडाँडा समस्तीपुर सडकखण्डमा रु ६५ लाख ८४ हजार, बुल्दीखोला पुल शेरा रामथुक्कीमा रु ६६ लाख २९ हजार, ब्याङ्दीखोला कल्भर्ट योजनामा रु ३२ लाख ४१ हजार, खहरेखोला सडक पुलका लागि रु दुई करोड ६५ लाख ६७ हजार र लुम्दीखोला पुलका लागि रु २५ लाख ८२ हजार बजेट खर्च भएको कार्यालय प्रमुख आचार्यले जानकारी दिए ।

 

वि.सं.२०८१ भदौ ३ सोमवार १५:४२ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...