back
CTIZAN AD

सिधा कुराको मुद्दामा आज फैसला आउँदै

वि.सं.२०८१ भदौ ६ बिहीवार

828 

shares

काठमाडौँ । सर्वोच्च अदालतले ‘सिधा कुरा’विरुद्धको अवहेलना मुद्दामा फैसला सुनाउने तयारी गरेको छ । यसअघि बहस सकेर सर्वोच्चले आज (भदौ ६ गते)का लागि निसु तोकेको थियो ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नेतृत्वमा गठित ९ सदस्यीय बृहत् पूर्ण इजलास सुनुवाइ सकेर निसु तोकेको थियो । उक्त इजलासले १५ दिनभित्र बहस नोट पेस गर्न आदेश जारी गरेको थियो । सवै पक्षको बहस नोट पेस भएकाले आजै फैसला हुनसक्ने सम्भावना रहेको सर्वोच्च अदालतले जनाएको छ ।

अनलाइन तथा युट्युब च्यानल सिधा कुराले सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको समेत नाम लिएर एक विवादित श्रव्य सामग्री प्रकाशन–प्रसारण गरेको थियो । उक्त अडियोमा वरिष्ठ अधिवक्ता हरि उप्रेतीको नाम पनि जोडिएको थियो । प्रसारित सामग्रीमा प्रयोग भएको अडियो फरेन्सिक परीक्षणबाट फेक प्रमाणित भइसकेको छ । सिधा कुराविरुद्ध सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द घिमिरेले अदालतको अवहेला भएको दाबीसहित रिट दायर गरेका थिए ।

त्यस्तै अधिवक्ता अनुपम भट्टराईले पनि बेग्लै मुद्दा दायर गरेका थिए । ती दुवै मुद्दा एक साथ राखी सुनुवाइ भएको थियो ।

वि.सं.२०८१ भदौ ६ बिहीवार १२:३९ मा प्रकाशित

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेको...

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

काठमाडौँ । नेपाली सेनाले रसुवागढी–भोटेकोशी बाढी प्रभावित क्षेत्रमा भइरहेको हवाई...

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

काठमाडौँ । रसुवागढी तथा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको मानवीय...

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले भोटेकोशी बाढीपछिको उद्धार, राहत तथा पुनःस्थापनामा...

हेटौंडा–काठमाडौं आवागमनका लागि यी हुन् वैकल्पिक सडक

हेटौंडा–काठमाडौं आवागमनका लागि यी हुन् वैकल्पिक सडक

काठमाडौं । सरकारले हेटौंडा–काठमाडौं आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन...