back
CTIZAN AD

मत्स्य विकास केन्द्रले माग अनुसार माछाका भुरा उत्पादन गर्न सकेन

वि.सं.२०८१ भदौ १० सोमवार

921 

shares

गोदावरी (कैलाली) । गोदावरी नगरपालिका–५ गेटास्थित मत्स्य विकास केन्द्रले गत आर्थिक वर्षमा चार करोड २४ लाख माछाका भुरा बिक्री गरेको छ । गत आव २०८०÷८१ मा सिल्भर र विगहेड जातका माछा दुई सय २४ किलो, कमन, ग्रास, रहु, नैनी र भाकुर जातका सात सय ५२ किलो माछा बिक्री गरेको केन्द्रले जनाएको छ । माछा, भुरा उत्पादन बिक्री गरेर रु ५३ लाख ६२ हजार आम्दानी गरेको केन्द्रका सूचना अधिकारी सरोजराज रेग्मीले बताए ।

केन्द्रले ग्रास, सिल्भर, कमन, बिगहेड, रहु, नैनी र भाकुर जातका ह्याचलिङ, फ्राइ, फिगरलिङ, एडभान्स फिगरलिङ र इयरलिङ साइजका भुरा सहुलियत दरमा किसानलाई बिक्री गर्दै आएको छ । केन्द्रबाट सुदूरपश्चिमका नौ जिल्ला एवं बर्दिया, सुर्खेत, दाङसम्मका किसानले भुरा खरिद गर्ने गरेका छन् । भुरासँगै विभिन्न जातका माछा पनि उत्पादन गरी केन्द्रले बिक्री गर्दै आएको सूचना अधिकारी रेग्मीले जानकारी दिए ।

माछापालन प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरेको केन्द्रले प्रतिगोट २५ पैसादेखि ७५ पैसासम्म किसानलाई उपलब्ध गराउँदै आएको जनाएको छ । केन्द्रले अघिल्लो आव २०७९÷८० मा भुरा बिक्री गरेर रु ५२ लाख आम्दानी भएको जनाएको छ । मत्स्य विकास केन्द्रले वार्षिक करोडौँको सङ्ख्यामा भुरा उत्पादन गरे पनि किसानको मागलाई पुर्याउन नसकिएको सूचना अधिकारी रेग्मीको भनाइ छ ।

केन्द्रमा रहेको पुरानो संरचना र जनशक्ति अभावका कारण माछाका भुरा उत्पादन बढाउन सकेको छैन । माछाको भुरा उत्पादन गर्न थप ह्याचरी, जनशक्ति र केमिकलको व्यवस्था गर्न आवश्यक रहेको केन्द्रले जनाएको छ । पुराना पोखरीको मर्मत, नयाँ पोखरी निर्माण र नयाँ ह्याचरी थप गर्नसके मागको ७५ प्रतिशत भुरा उपलब्ध गराउन सकिने रेग्मीले बताए । मत्स्य विकास केन्द्रको २० बिघा जमिनमध्ये १२ बिघामा मात्र पोखरी बनाइएको छ । ती पोखरीमा पालिएका माउ माछाबाट केन्द्रले फागुनदेखि भदौसम्म प्रजनन गराएर सात जातका भुरा उत्पादन गर्दै आएको छ ।

 

वि.सं.२०८१ भदौ १० सोमवार १०:३० मा प्रकाशित

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सुदूरपश्चिम । धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति...

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

सुदूरपश्चिम । ‘साहुजी, अण्डा दिनुस् न !’, कलेज पोसाकमा रहेका...

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथलीमा मादक पदार्थ सेवन (मापसे)...

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा...

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले...

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु...