back
CTIZAN AD

श्रीकृष्ण जन्माष्टमी : रजस्वला तथा बेल विवाह नभएका कन्या पुजिँदै

वि.सं.२०८१ भदौ १० सोमवार

558 

shares

काभ्रेपलाञ्चोक । श्रीकृष्ण जन्माष्टमीका अवसरमा आज काभ्रेमा करिब १० हजार कन्यालाई पुजिँदैछ । प्राचीन, ऐतिहासिकता बोकेको बनेपा सहरमा एक सय २२ वर्षअघि सुरु गरिएको ‘कन्यापूजा’ (रजस्वला नभएका १० वर्षमुनिका कन्यालाई)लाई हरेक वर्ष यही दिन पुजिँदै आइएको छ ।

आज मध्याह्नबाट सुरु गरिने पूजामा बनेपाका करिब सात हजार कन्या पुजिने सनातन कन्या–पूजा प्रबन्ध समितिले जनाएको छ । यस्तै केही वर्षदेखि जिल्लाका विभिन्न स्थानमा पनि कन्या पूजालाई निरन्तरता दिन थालिएको छ । कन्या–पूजा बनेपा नगरको पुरानो बजारमा विसं १९५९ देखि वर्षैपिच्छे कृष्ण जन्माष्टमीका दिन गर्दै आइएको हो ।
बनेपा नगरको भोलाखाँ टोलबाट लायकु दरबार तथा पुरानो बजार हुँदै चारदोबाटोसम्म सडकको दायाँबायाँ पेटीमा कन्या लस्करै बस्छन् । कन्यालाई पुज्न काठमाडौँ, भक्तपुर र ललितपुर तथा छिमेकी जिल्लाबाट पनि भक्तजन आउने गरेका छन् । समितिका सदस्य प्रकाश कायस्थका अनुसार कन्यापूजामा समितिमार्फत एक सय ३५ जना भक्तजनले दानदक्षिणा तथा प्रसाद, स्वारी र मालपुवा, पैसा, जेरी, बिस्कुट, छोकडा, काजु एवं विभिन्न प्रकारका मिठाई वितरण गर्दछन् । पूजामा सामेल प्रत्येक कन्याको टाउकोमा शुद्ध तोरीको तेल दलेर देवीसरह रातो टीका लगाइदिने प्रचलन छ ।

रजस्वला नभएका तथा बेल–विवाह नगरिएका कन्यालाई पुज्ने व्यक्ति निरोगी भई ‘मनले चिताएको’ पुग्ने मान्यता रहिआएको छ । यस मान्यताका साथ पछिल्ला वर्षदेखि काभ्रेपको नाला, पनौती, साँगा, दोलालघाटलगायत विभिन्न बजार तथा बस्तीमा कन्यालाई श्रीकृष्ण जन्माष्टमीको दिन पुज्दै आइएको हो ।

बनेपामा काभ्रे तथा छिमेकका जिल्लाबाट बर्सेनि करिब सात हजार कन्या सहभागी हुने गर्दछन् । दश वर्षमुनिका कन्यालाई पुज्दा उनीहरूको स्वास्थ्य राम्रो हुने तथा पुज्ने व्यक्तिलाई समेत धर्म प्राप्त हुने जनविश्वास रहिआएको छ । यसकारण पनि कन्यालाई पुज्नेको ठूलो भीड हुने गर्दछ ।

अर्को किंवदन्तीअनुसार रजस्वला नभएका र बेलविवाह नगरिएका कन्याहरूको लाममा देवकन्या, नागकन्या, गन्धर्वकन्या, किन्नरकन्या र किचकन्यासमेत मानवकन्याका वेशमा आउने भएकाले उनीहरूलाई आराध्यदेवी चण्डेश्वरी देवीकी कुमारी मानेर पूजा गरेमा सार्थक हुने तथा बनेपा सात गाउँलाई राक्षसबाट मुक्त गराउन सफल चण्डेश्वरी देवीका रूपमा ‘कन्या’नै भएकाले कन्यालाई पुज्दै आइएको हो । कन्याहरूको स्वागत एवं सम्मानमा लागि बनेपाका नेवार समुदायले विभिन्न प्रकारका झाँकी र बाजासमेत बजाउँछन् ।

बनेपाका भोछिभोया खलक चण्डेश्वरीका सन्तति मानिने भएकाले कुनै जाती या वर्गका आधारमा भेदभाव नराखी उपस्थित कन्याको पूजा गरिन्छ । बनेपा–३ भोलाखाँ टोलमा गणेश र कुमारको पूजा भएपछि मात्र कन्यापूजा सुरु हुने गर्दछ । किंवदन्तीअनुसार कुनै समय बनेपाका एक नेवार समुदायका व्यक्तिले धेरै दुःख भएपछि घरको बुइँगलमा राखेर आफ्ना घरका कन्यालाई पूजा गरेका थिए । सोहीलाई सुरुका वर्षमा प्रचलनस्वरुप नेवार समुदायका रजस्वला नभएका कन्या मात्र पुजिँदै आइए पनि केही समयपछि सबै जातजातिका कन्यालाई पूजामा सामेल गराउँदै आइएको हो ।

वि.सं.२०८१ भदौ १० सोमवार १०:२३ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...