back
CTIZAN AD

कतारको गर्मीबाट बच्न दूतावासको यस्तो छ सुझाव

वि.सं.२०७४ जेठ ५ शुक्रवार

861 

shares

nepalese-embassy-at-qatar
कतारको दोहास्थित नेपाली दूतावासले कतारमा कार्यरत नेपालीहरुलाई अत्याधिक गर्मीबाट जोखिन अबलम्बन गर्नु पर्ने केही उपायहरु सुझाएको छ । मे देखि अक्टुवर महिनासम्म हुने कतारको अत्याधिक गर्मीबाट हुने स्वास्थय सम्बन्धि समस्याबाट आफूलाई बचाउ गर्न भन्दै उपाय सुझाएको हो । गर्मीका कारण ज्यान गुमाउने नेपालीको संख्या बढ्न थालेपछि गर्मी सुरु हुन लाग्दा आफ्ना नागरिकलाई सचेत हुन आग्रह गर्दै दूतावासले यस्तो सूचना जारी गरेको हो ।
जानौँ कतारमा बढ्दो तापक्रम र गर्मीको जोखिमबाट बच्न अबलम्बन गर्नुपर्ने उपायहरु :
कतारमा अत्याधिक गर्मीका कारण हुने स्वास्थ्य सम्बन्धी समस्या मे देखि अक्टुवर महिनासम्म देखिन्छ। त्यस कारण गर्मीको हुने रोग तथा विरामीका लक्षणहरु जान्ने बुझ्ने तथा यसवाट कसरी वचाउ गर्ने भन्नेवारे जान्नु आवश्यक हुन्छ। अधिक गर्मीमा बाहिर काम गर्दा ध्यान दिनु पर्ने कुराहरुः
–  हलुका र खुकुलो लुगा लगाउनु होस र सकेसम्म हल्का रङको लुगा लगाउनुहोस्।
–  दिउँसोको समयमा काम गर्दा टोप तथा घाममा लगाउने चश्मा लगाउनुहोस्। साथै तपाईंको घांटिको पछाडिको भाग ९गर्दन० लाई छोप्नुहोस्।
–  सिधा घाम पर्नवाट आफ्नो छालालाई जोगाउनुहोस्
–  प्यास लागुन्जेल नर्पखनुहोस्। अलि अलि गरेर पानी पिइरहनुहोस्।
–  सकेसम्म सितलरछाया भएको ठाँउमा समय विताउनेरवस्नेर आफूलाई समय मिलेको वेलामा आराम गर्नुहोस्।
– यदि तपांइलाई सामान्य रुपमा भन्दा कम पिसाव लागेमा र पिसावको रङ धमिलो देखिएमा तपाइले पर्याप्त पानी तथा झोल पदार्थ पिउनु भएको छैन भन्ने थाहा हुन्छ।
गर्मी सम्बन्धी विरामीका लक्षणहरुः
– प्यास लाग्नु,
–  थकान हुनु,
– गाढा रङको अथवा धमिलो पिसाव हुनु,
– शरीरमा एलर्जी (राता थोपाहरु) देखा पर्ने,
–  टाउको दुख्नु,
– कमजोर महसुस हुनु,
– आलस्य हुनु,
–  वेहोस हुनु,
– मांसपेसी बाउडिनु, खुम्चिनु वा दुख्नु,
–  ज्वरो आउनु,
– शरीर बढी तातो हुनु वा भएको महशुस हुनु,
–  मुटुको धड्कन(ढुकढुकी)  बढ्नु,
–  भ्रम हुनु रअन्यौल हुनु,
– गर्मीले तापघातरलु लाग्नु,
– चेत हराउनु र कोमामा जानु,
गर्मीको लक्षण देखिएमा अपनाउनुपर्ने सावधानीका उपायहरुः
–  तपाईले गर्दै गरेको काम तत्काल् बन्द गर्नुहोस् ।
– शितलमा वा छायाँ भएको ठाउँमा जानुहोस् ।
– आराम गर्नुहोस् ।
– पानी पिउनुहोस् ।
–  सहयोगकोलागी कसैलाई वोलाउनुहोस् ।
प्राथमिक उपचार गर्दा सहयोगीको भूमिकाः
– बिरामीलाई शितल वा छहारी भएको ठण्डा ठाउँमा लैजाने, भूँईमा सुताउने र गोडालाई केही माथि उठाउने ।
–  बिरामीलाई तत्काल उपलब्ध उपायहरु जस्तैः पानी छम्किएर वा पंखारकपडा हम्किएर, शितल बनाई राख्ने ।
–  बिरामी होसमा छ भने हरेक ज्ञछ मिनेटमा उसलाई पानी अथवा जुस जस्ता तरल पदार्थ ख्वाउने।
– मांशपेसी बाउँडिएको अवस्थामा पानी पिउन प्रोत्साहन गर्ने र विरामीलाई आराम नहुन्जेल मांशपेशीलाई हल्का मसाज गर्ने।
–  बिरामीले कुनै प्रतिक्रिया नदिएको वा अचेत भएको अवस्थामा ढढढ मा फोन गर्ने र एम्बुलेन्स नआउन्जेल आवश्यकता अनुसार प्राथमिक उपचार जारी राख्ने।
याद राख्नुहोस् 
शारीरिक तन्दुरुस्ती कमजोर भएका, पोषणयुक्त खाना नखाने, मधुमेह (diabetes) तथा ब्लडप्रेसर भएका र ह्दयघातरमुटु सम्बन्धी औषधि (medication) लिने व्यक्तिहरुमा गर्मीको जोखिम बढी भएकोले थप सावधानी अपनाउनु जरुरी रहन्छ ।

“गर्मीको जोखिमबाट बच्न सावधानीका उपायहरु नै तपाईको सुरक्षा हो” ।

वि.सं.२०७४ जेठ ५ शुक्रवार ०२:४७ मा प्रकाशित

छोटेलालले बुझाए धितोपत्र बोर्डका अध्यक्षलाई १५ बुँदे सुझावपत्र

छोटेलालले बुझाए धितोपत्र बोर्डका अध्यक्षलाई १५ बुँदे सुझावपत्र

काठमाडौँ । नेपालको पुँजी बजारलाई सुदृढ, व्यवस्थित र दिगो बनाउन...

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आन्तरिक राजस्व विभागसँगको सहकार्यमा सञ्चालन...

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

काठमाडौँ । गुह्येश्वरी फाँटस्थित गुह्येश्वरी ढल प्रशोधन केन्द्रले दैनिक तीन...