back

सहिद पिता बिदिलाल को निधन

वि.सं.२०७४ जेठ ५ शुक्रवार

441 

shares
IME Limited
NTC AD

५ जेठ, इनरुवा । मधेस आन्दोलनका योद्धा तथा मधेस सेनानी बिदिलाल मेहताको बिहीबार साँझ निधन भएको छ ।

सुनसरी सदरमुकाम इनरुवा–२ साबिकको वडा नं ८ घर भएका मेहताको आफ्नै निवासमा निधन भएको हो । मेहता मधेस आन्दोलनका क्रममा आफू र उहाँका छोराले महत्वपूर्ण योगदान गरेका थिए ।

मेहताका छोरा हरि मेहता २०६२÷६३ सालको तत्कालीन मधेस आन्दोलनमा प्रहरीको गोली लागी सहादत प्राप्त गरी सहिद भएका थिए । छोरा सहिद भएपछि सहिद पिताको नामले चर्चित मेहताको निधनले मधेस आन्दोलनका क्रममा अपूरणीय क्षति भएको मधेस आन्दोलनका अगुवाले बताएका छन् ।

सहिद हरि मेहताका पिता बिदिलालको बिहीबार निधन भए पनि शुक्रबार उहाँको अन्तिम संस्कार गरिने परिवारिक स्रोतले जनाएको छ । मेहता मधेसी जनाधिकार फोरम लोकतान्त्रिकमा आबद्ध भएर मधेसका अधिकार र पहिचानको पक्षमा वकालत गर्दै आएका थिए ।

वि.सं.२०७४ जेठ ५ शुक्रवार ०५:०७ मा प्रकाशित

वीरगञ्ज नाका हुँदै पाँच खर्ब ६५ अर्ब आयात र साढे ९१ अर्ब निर्यात

वीरगञ्ज नाका हुँदै पाँच खर्ब ६५ अर्ब आयात र साढे ९१ अर्ब निर्यात

वीरगञ्ज (पर्सा । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ११...

मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु

मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु

सिरहा । यहाँको सिरहा नगरपालिका–१८ लक्ष्मीनियास्थित हुलाकी सडक खण्डमा आज...

बजेट विनियोजनमा विभेद भएको सांसदको गुनासो

बजेट विनियोजनमा विभेद भएको सांसदको गुनासो

काठमाडौँ । सांसदहरुले ठूला दलका शीर्ष नेता र मन्त्रीका जिल्लामा...

हल गोरु पाल्ने किसानलाई आर्थिक सहयोग

हल गोरु पाल्ने किसानलाई आर्थिक सहयोग

वालिङ (स्याङ्जा) । स्याङ्जाको फेदीखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनका...

‘नेपाली श्रमिकमाथि हुने शोषण र विभेदप्रति शून्य सहनशीलताको नीति छ’

‘नेपाली श्रमिकमाथि हुने शोषण र विभेदप्रति शून्य सहनशीलताको नीति छ’

पाटन (ललितपुर) । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले...

एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत

एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट...