back
CTIZAN AD

खैरहनीमा मतगणना रोकियो

वि.सं.२०७४ जेठ ५ शुक्रवार

639 

shares

५ जेठ, रत्ननगर (चितवन) । पूर्वी चितवनको खैरहनीमा मतगणना रोकिएको छ । मुचुल्का उठाएका बेलाको मतपत्रको सङ्ख्या र मतपेटिकामा हाल भएको सङ्ख्या नमिलेपछि यहाँ मतगणना कार्य रोकिएको हो ।

बिहीबार अपराह्न ४ बजेबाट रोकिएको मतगणना अहिले बिहान पनि हुन सकेको छैन । मुचुल्काभन्दा मतपेटिकामा १४ मत बढी देखिएपछि विवाद भएको हो । हिजोको दलबीचको छलफल अनिर्णित भएपछि आज बिहानका लागि पुनः बैठक बोलाइएको खैरहनी नगरपालिकाका निर्वाचन अधिकृत टेकराज निरौलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार मुचुल्का उठाउँदा खैरहनी–७ मा एक हजार ५९४ मत खसेको भनेर उल्लेख छ । वडा नं ७ को मतगणनाका क्रममा एक हजार ६०८ मतपत्र रहेको पाइएको हो ।

मुचुल्कामा भन्दा १४ वटा मतपत्र बढी देखिएपछि नेकाले पुनः मतगणनाको माग गरेको छ । हाल मतपेटिकामा भेटिएको मतपत्र र अर्धकट्टी भने बराबर भएकाले मतगणनाको आवश्यक नहुने निरौला बताउनुहुन्छ । सोही विषयमा भएको विवादले गर्दा यहाँ मतगणना रोकिएको हो । अहिलेसम्म भएको गणनामा ६ वटा वडामध्ये दुईवटा एमालेले जितेको र तीनवटा काँग्रेसले जितेको छ ।

खैरहनीमा पछिल्लो मतपरिणामअनुसार प्रमुखमा एमालेको चार हजार ४२५ मत छ भने काँग्रेसको चार हजार २०२ र माओवादी केन्द्रको दुई हजार ८५ छ । यस्तै, उपप्रमुखमा एमालेको चार हजार ३९३, काँग्रेसको चार हजार ४१८ र माओवादी केन्द्रका एक हजार ७५८ मत रहेको छ ।

जिल्लाको माडी र इच्छाकामनाको मतपरिणाम सार्वजनिक भइसकेको छ भने अन्य चार स्थानीय निकायमा मतगणना जारी छ ।

वि.सं.२०७४ जेठ ५ शुक्रवार ०५:०८ मा प्रकाशित

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ...

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...

माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद

माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद

कैलाली । गाउँका अधिकांश युवा वैदेशिक रोजगारीका लागि विदेश गइरहेका...

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन...

कैलालीका शिवालयमा भक्तजनको घुइँचो

कैलालीका शिवालयमा भक्तजनको घुइँचो

कैलाली । साउन महिनाको अन्तिम सोमबार कैलालीका विभिन्न शिवालयमा आज...